Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्रिहरुलाई प्रधानमन्त्री ओलीको 'थ्रेट' ! अमेरिका जानु अघिनै को को पर्दैछन् सकसमा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुलाई हटाउने अन्तिम निश्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर कार्यसम्पादनमा चित्तबुझ्दो नभए मन्त्री पदबाट हटाउने 'थ्रेट' दिएकाछन् ।

ओली–प्रचण्डबीच पाँच मन्त्री हटाउने गोप्य सहमति

तर, प्रधानमन्त्रीले कार्यसम्पादनमा सच्चिनको लागि अल्टिमेट दिँदापनि मन्त्रीहरुले खासै आफूलाई सुधार गर्न नसकेको गुनासो पार्टीभित्र ब्यापक बढेको छ ।

प्रधानमन्त्री ओली बाध्य भएर उनीहरुलाई जिम्मेवारबाट मुक्त गराउने तयारी अघि बढिसकेको स्रोतको दाबी छ । मन्त्री हटाउने कुरामा पार्टीका अर्का अध्यक्ष प्रचण्ड पनि कस्सिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार पूर्वमाओवादी मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव तथा पूर्व एमालेबाट मन्त्री भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई अवकाश दिने तयारी बनेको हो ।

त्यसैगरि अर्थमन्त्री डा। युवराज खतिवडा पनि मन्त्री पदबाट अवकाश पाउने सुचीमै दर्ज भएकाछन् स्रोत थप्छ ।

अरु मन्त्रीहरु कार्यसम्पादनमा चुकेको र आर्थिक मामिलालगायत एकपछि अर्को विवादमा परेसँगै अर्थमन्त्री खतिवडाप्रति पनि प्रधानमन्त्री ओली रुस्ट रहेकाछन् ।

मन्त्री खतिवडाले मुलुकको आर्थिक संकटको व्यवस्थापन गर्न नसकेको ओलीको गुनासो छ । त्यतिमात्रै नभएर अर्थतन्त्र बुझेको व्यक्ति भएर बजेट ल्याउँदा जनतामा निराशा छाएकोले खतिवडासँग ओली रुष्ट छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेर ‘हिट लिष्ट’ बनाएका मन्त्रीहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर समिक्षा गर्ने स्रोतको दाबी छ ।

नेकपा निकट उच्च स्रोतले भन्यो,‘अमेरिका जानुअघि प्रधानमन्त्रीज्यूले असन्तुष्ट रहेका सबै मन्त्रीहरुसँग छलफल गर्नुहुन्छ, सायद मन्त्रीहरु हटाउन पनि सक्नुहुन्छ ।’अमेरिका जानु अघिनै को को परे सकसमा ? पार्टी भित्र ब्यापक चर्चा चुलिएको छ ।

अहिले नयाँ मन्त्रीहरु क–कसलाई पठाउने भन्नेबारेपनि दुई अध्यक्षबीच छलफल चलेसँगै माधव नेपाल समुहले पनि भागबण्डा मागेपछि झन तनाब बढेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan