Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्वोच्चको आदेश सरकारले टेरेन; प्रकाण्ड उदयपुर प्रहरीमा, आज म्याद थप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३१ आइतबार | RSS
newsabhiyan
newsabhiyan

गाईघाट, ३१ भदौ, नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडाँैबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताउनुभयो ।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan