Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री फेर्ने साँच्चै हो कि ख्यालख्याल ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले मन्त्रिमण्डल हेरफेर नहुने बताएका थिए ।
 
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि भारत भ्रमणबाट फर्किएर भदौ २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले जे चाहनुहुन्छ, त्यही हुन्छ भनेका थिए ।
 
त्यसअघि भाद्र १९ गते दाहालनिवास खुलमटारमा मन्त्रीहरु हेरफेर हुने बताएका थिए । विभिन्न राजनीतिक घटनाक्रमले मोड लिन थालेपछि गत भाद्र २५ गते बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्री फेर्नेबारे गम्भीर कुराकानी भएको समाचार सूत्रले जनाएको छ । 
 
ओली नेतृत्वको सरकार बनेको छ महिनाको अवधिमा मन्त्रीहरुले सरकारलाई नै बद्नाम गर्ने काम गरेको, जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न नसकेको, मन्त्रीहरु कमाउन र सेलिब्रेटी बन्नमै केन्द्रित रहेपछि मन्त्री फेर्न ओली र दाहालबीच सहमति भएको समाचार स्रोतले जानकारी दिएको छ ।
 
जनताको पक्षमा काम नगर्ने भनी हटाइन लागेका मन्त्रीहरुमा तत्कालीन माओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव रहेको बताइएको छ । मन्त्री यादवले उद्योग, व्यवसायीहरुमाथि तथानाम गाली गर्ने गरेपछि पद धरापमा परेको जानकारहरुले बताएका छन् ।
 
त्यसैगरी, पूर्वएमालेबाट मन्त्री भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठमाथि खतराको घण्टी बजेको नेकपा स्रोतले जानकारी दिएको छ । खतराको सूचीमा श्रममन्त्री गोकर्ण बिष्ट र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासमेत रहेको समाचार नयाँ विमर्शमा उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan