Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी अस्पतालको बिजोग पोखरामै ल्याबले दियो गलत रिपोर्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

असोज २, काठमाडौं । गत भदौ १५ गते शुक्रबार पोखरा १२ ढिकालेथरका ९ वर्षीय अमित पौडेललको टाउको दुखेपछि उनकी आमा नन्दमाया पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिन त्यहा उपचारको क्रममा उनको ल्याब परिक्षणका क्रममा जन्डिस देखिएको चिकित्सकले बताए ।

अमितलाई लिएर गएका उनका मामा विश्व सुवेदीलाई अस्पतालको रिपोर्टमा शंका लाग्यो । विश्वले भाञ्जालाई सामान्य टाउको दुख्यो भनेर हामीले अस्पताल लगेका थिए, तर  गण्डकी अस्पतालमा जण्डिस चेक गराउदा ५.४ देखाएको थियो ।

तर पोखराको न्यूरोडमा रहेको पद्मनर्सिङ होममा चेक गराउदा ०.९ देखिएको छ । जबकी ०.२ देखि १.४ सम्मको अवस्थालाई जण्डिसको सामान्य अवस्था मान्न सकिन्छ । यसैबीच भदौ १७ गते पोखराको युआरएलमा जण्डीस जाँच गर्दा ०.५६ देखिएको छ । पछिल्लो समय गण्डकी अस्पतालमा उपचार गराउने क्रममा धेरैको ज्यान गएको र विभिन्न घटना घटीरहेको र आफ्नो भाञ्जा हेर्दा सामान्य देखिएको तर रिपोर्टमा जण्डिस धेरै देखिएकाले आफुहरुलाई विश्वास नलागेको पिडित पक्षको भनाई रहेको छ । उता सरकारी अस्पतालमा उडूस आतंक उस्तै छ ।

बिरामी सहित बिरामी कुरवालाई सकस परेको छ । हेरौं यो भिडियो  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan