Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झन्डै दुई लाख मुल्य बराबरको मदिरा चोर्ने भिआइपी चोर प्रहरी फन्दामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २ असोज । चोरीका गतिविधिलाई नियन्त्रणमा लिनु र चोरलाइ आवश्यक कानुनी दायरामा ल्याइ कठघरामा उभ्याउनु  प्रहरीको कर्तव्य हो ।

तर, समाजमा दैनिकीजसो चोरीका घटना भइरहने तर चोर भने पत्ता नै नलाग्ने भएमा प्रहरीलाई कति धेरै तनाव होला । अहिले यस्तै तनाव ब्यहोर्नेमा एक हो : चितवन प्रहरी ।

चोर र पुलिसको लुकामारीले अधिकांश चोरहरु अझै नियन्त्रण बाहिर नै रहेको छ । चोरी नियन्त्रणका लागि चितवन प्रहरीले जिल्लामा प्रहरी निरीक्षकको कमान्डमा एउटा विशेष टोली नै गठन गरेको छ ।

प्रहरीले पनि आवश्यक सुरक्षा दिइरहेको बताइएको छ । तर, चोरहरुले भने आफ्नु चोरी अभियानलाई निरन्तरता नै दिइरहेका छन् । भने चोर अझैसम्म  पक्राउ समेत पर्न सकिरहेका छैनन् ।

मदिरा चोर्ने भिआइपी चोर 
प्रायःजसो हामीले पैसा, गरगहना, घडी, मोबाइल, ल्यापटप आदी इत्यादी चोरी भएको घट्ना सुनिएकै हो । तर, चोरहरुले महँगो महँगो रक्सी मात्रै छानीछानी चोर्छन् भन्दा तपाईंहरु अनौठो मान्नुहुन्छ होला ।

तर, खबर सत्य नै हो । चितवनका एक चोर महाशयले जिल्लामा रहेका विभिन्न होटलहरुमा पुगेर पसल नै फोरी महँगा महँगा रक्सीहरु पनि चोर्न थालेका छन् ।

५० तोला सुन चोरेको आरोपमा एक महिला पक्राउ परेको महिनादिनमै महँगा महँगा रक्सीहरु चोरी गरेको आरोपमा एक पुरूष प्रहरी नियन्त्रणमा आएका छन् ।

यसरी मदिरा पसल नै फोरेर छानी-छानी महँगो प्रकारका मात्रै रक्सीहरु चोरी गर्ने व्यक्ति हुन्, जिल्ला धादिङ, ज्वालामुखी गाउँपालिका वर्डा नम्बर २ घर भई हाल नवलपुर गैँडाकोटमा डेरा गरी बस्ने वर्ष २३ को  विवेश परियार ।

परियारमाथि गत साउन ३० गते राती भरतपुर महानगरपालिका ७, कृष्णपुर क्यान्सर अस्पताल नजिक रहेको एक मदिरा पसलमा चोरी भएको आरोप लागेको छ ।

नेपाली बजारमा महँगा र राम्रा मानिने डबल ब्ल्याक लेभल, ब्ल्याक लेभल, रेड लेभल, ब्ल्याक ओल्ड दरबार, सिग्नेचरजस्ता नेपाली बजारमा बिक्री हुने महँगा रक्सी चोरी गरेको आरोप उनीमाथि लागेको हो ।

रक्सी चोर आरोपित बिवश परियारको साथबाट प्रहरीले डबल ब्ल्याक लेभल २ फुल, ब्ल्याक लेभल २ फुल, रेड लेभल १ बोतल, ब्ल्याक ओल्ड दरबार ६ फुल, सिग्नेचर ६ फुल र ८८४८ रक्सी १२ फुल बोतलसहित फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार चोरले झन्डै २ लाख मूल्यबराबरको चोरी गरेका रहेछन् । महँगा रक्सीहरु चोरेर उनीहरुले अन्यत्र बेच्ने गरेको प्रहरीले जनाएको छ ।

पसल सञ्चालक रामबाबु रेग्मीले सिसी क्यामराको सहायताले चोरलाइ आफैँले चिनेर प्रहरीसँग को समन्वयमा पक्राउ गराउन सफल भएका हुन् ।

पसल सञ्चालक रेग्मी र प्रहरी बिचको समन्वयको आधारमा चोरी आरोपित परियार पक्राउ परेपछि अन्य मदिरा पसलका सञ्चालकहरुले समेत आफूहरुको पनि पसलमा चोरी भएको भन्दै चितवन प्रहरीमा निवेदन दिएका छन् ।

निवेदन दिएका पसलहरुमा पनि उनै परियारले चोरी गरेका हुन् या होइनन् भन्ने बिषयमा प्रहरीले आवश्यक रूपमा अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले बताए ।

अनुसन्धानका क्रममा आरोपित व्यक्तिले केही मदिरा पसल चोरी गरेको स्वीकार गरेका छन् । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले खोजी गरिरहेका छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan