Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म मरेपछि पार्टी गर भन्दै १७ बर्षिय युवती कालिगण्डकीमा हराईन, यस्तो छ कारण (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ असोज । म्याग्दीमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेर नदिमा बेपत्ता भएकी छिन ।

बेनि नगरपालिका– ५ पुलाचौर चिप्लेटीकी १७ बर्षिया सोनिया क्षेत्री आइतबार दिउसो करिब साढे एघार बजेतिर बेनिको विद्युत कार्यालय नजिकबाट कालिगण्डकी नदिमा हाम फालेर भेपत्ता भएकी हुन ।

बेनिको न्यु वेष्ट प्वोइन्ट आवासीय माबि कक्षा ११ मा अध्ययनरत क्षेत्री हाल जलजला गाउँपालिका –२ बगरफाँट बौरमा बस्दै आएकी थिइन ।

आइतबार दिउँसो दुई साथीलार्इ बोलाएर साथीहरुको अगाडीबाट क्षेत्रीले आफुले लगाएको चप्पल छोडी नदिमा हाम फालेको जिल्ला प्रहरि कार्यालय म्याग्दीका प्रहरि नायब उपरिक्षक बिरबहादुर बुढा मगरले बताउनु भयो ।

बेपत्ता युवतीको खोजी कार्य जारी रहेको र थप अनुसन्धान प्रक्रिया पनि अगाडि बढाइएको प्रनाउ बुढा मगरले जानकारी दिनुभयो ।

बेपत्ता युवतीको खोजीका लागि बागलुङ, पर्वत र गुल्मी खबर गरिएको जानकारी दिनुभयो । बेपत्ता युवतीले फेसबुकमा एउटा सुसाइट नोट जस्तै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेकी छिन ।

कक्षा ११ मा अध्ययनरत क्षेत्री नियमित विद्यालय आउने आउने राम्रो विद्यार्थी भएको न्यु वेष्ट प्वोइन्टका शिक्षक कृष्ण जिसीले जानकारि दिनुभयो   ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan