Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन प्रतिष्ठान एक गर्नेमा विवाद

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ असोज । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई एउटै बनाउने कि भिन्नाभिन्नै रुपमा काम गर्न दिने भन्नेबारे विवाद सुरु भएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यको बुँदा नम्बर १२४ मा समान प्रकृतिका काम गर्ने ती प्रतिष्ठानलाई एकीकरण गर्ने उल्लेख गरे पनि अहिले फेरि भिन्नाभिन्नै रुपमा चलाउन दिनुपर्छ भनेर ‘लबिङ’ सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा गत भदौ १९ गतेदेखि कुलपतिलगायतका पद रिक्त छ ।

अहिले नयाँ नियुक्त हुन खोज्नेहरुले बजेट वक्तव्यलाई लत्याएर तत्काल नियुक्तिका लागि ‘लबिङ’ गरिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने बजेट वक्तव्यअनुसार अगाडि बढ्नुपर्नेमा दृढ छ ।

स्रोतका अनुसार पर्यटन सचिव कृष्णप्रसाद देवकोटा बजेटलाई संसद्ले पास गरिसकेको कारण बजेट वक्तव्यको बुँदाविपरीत गएर सरकारले भाग पु-याउनको लागि मात्रै भिन्नाभिन्नै प्रतिष्ठान चलाउन नहुने पक्षमा छन् ।

अर्थ मन्त्रालयमा लामो समय काम गरिसकेका सचिव देवकोटा खर्च कटौतीका लागि पनि तीनवटै प्रतिष्ठान एक बनाएर मात्र नियुक्ति दिनुपर्ने पक्षमा छन् । तर, नियुक्तिका लागि दौडिनेहरु दशैंअगाडि नै नियुक्ति लिएर रमाइलोका साथ दशैं मनाउने पक्षमा छन् ।

दुई कार्यकाल पूरा गरेर १९ गते अवकाश भएका कुलपति गंगाप्रसाद उप्रेतीले अझैसम्म पनि प्रतिष्ठानको गाडी फिर्ता गरेका छैनन् ।

अवकाश पाएपछि गाडी फिर्ता गर्नुपर्नेमा अब फेरि तेस्रो पटक नियुक्त हुन्छु भनेर उनले गाडी फिर्ता गरेका छैनन् ।उप्रेतीलाई तेस्रो कार्यकालका लागि नियुक्ति दिनुहुँदैन भन्दै नेकपाभित्रकै प्राज्ञहरु भने ‘लबिङ’मा लागेका छन् । (आर्थिक दैनिकबाट)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan