Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओभर ड्राफ्ट कर्जाको अधिकतम सीमा ५० लाख मात्र, कर्जा नवीकरण गर्दा कर चुक्ता अथवा कर दाखिला प्रमाणपत्र अनिवार्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असोज । बैंक तथा फाइनान्स कम्पनीहरुले ५० लाख रुपैयाँसम्म मात्र ओभर ड्राफ्ट कर्जा दिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि व्यक्तिगत प्रयोजनको कर्जा (ओभर ड्राफ्ट)को लागि अधिकतम ५० लाख रुपैयाँसम्मको सीमा तोकेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले (ओभर ड्राफ्ट)लगायतका प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको सम्बन्धमा प्रयोजन नखुलेका व्यक्तिगत कर्जाहरु प्रवाह गर्दा प्रतिग्राहक ५० लाखसम्म मात्र प्रवाह गर्नसक्ने छन् ।

यो निर्देशन जारी हुनुअघि प्रवाहित त्यस्ता कर्जाको हकमा २०७५ पुस मसान्तभित्र उक्त सीमाभित्र ल्याइसक्नुपर्नेछ, एकीकृत निर्देशिका २०७५ मार्फत राष्ट्र बैंकले भनेको छ ।

तर, इजाजतपत्रप्राप्त संस्थाको आफ्नै मुद्दती निक्षेप रसिद र सुन चाँदीको धितोमा कर्जा प्रदान गर्न, शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न तथा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न व्यवस्थाले बाधा पु-याएको मानिनेछैन, राष्ट्र बैंकले भनेको छ ।

एकीकृत निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी एक करोड वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ ।

थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

ओभर ड्राफ्ट कर्जाको अधिकतम सीमा ५० लाख मात्र, कर्जा नवीकरण गर्दा कर चुक्ता अथवा कर दाखिला प्रमाणपत्र अनिवार्य

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan