Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनको चनौलीमा पहिलोपटक महोत्सवको आयोजना, असोज ५ गतेदेखि महोत्सव हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, ३ असोज । पश्चिम चितवनमा पहिलोपटक महोत्सव हुने भएको छ । कल्याण समूह चनौलीको आयोजनामा आउँदो असोज ५ गतेदेखि १५ गतेसम्म १० दिने ‘चनौली महोत्सव ’ हुने भएको हो ।

महोत्सवको मूल आयोजक समितीका संयोजक मन्दिरा पोखरेलका अनुसार पश्चिम चितवनलाई चिनाउन उक्त महोत्सवको आयोजना गरिएको बताइन् । “महिलाले आयोजना गरेको महोत्सवले महिलाले नेतृत्व र पारदर्शीरुपमा सामाजिक काम कार्यमा अब्बल छन् भन्ने स्थापित हुने विश्वास लिएका छौँ”, संयोजक पोख्रेलले भने ।

उनका अनुसार महोत्सव भरतपुर महानगरपालिकाको वर्डा नम्बर १८ र २० मा पर्ने चनौली बजारको पश्चिमतर्फ रहेको आयुर्वेद अस्पताल नजिकैको बजार व्यवस्थापनको लागी लिईएको १० कठ्ठा र भाडामा लिइएको अर्को १ विघा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागिएको छ । त्य

स्को लागी “स्टल बनाउने काम र बालउद्यानका सामग्री जडान भइरहेको छ ।” महोत्सवमा कृषि, पर्यटन, व्यपारिक लगायत करिब १ सय ५० स्टल रहने छन् ।

महोत्सवलाइ ब्याबस्थित बनाउन कलाकारहरु प्रमोद खरेल, रामजी खाँड, टंक बुढाथोकी, कमल खत्री, प्रीति आले, ज्योति मगर लगायत राष्ट्रिय कलाकारको समेत सांगीतिक प्रस्तुती हरेक दिन हुने आयोजकले बताएको छ ।

महोत्सवमा ‘चनौली आइडल’ समेत गरिनेछ भने, बालउद्यानको परिसर समेत रहने छ । महोत्सवबाट संकलित हुने रकमबाट सभाहल बनाइने योजना रहेको सहसंयोजक तथा बजार व्यवस्थापन समितिका अध्यक्ष गौतमराज पोखरेलले करिब ३ सय क्षमताको सभाहल बनाउने लक्ष्य रहेको बताए ।

महोत्सव बाट करिब ४० लाख आम्दानी हुने र २६ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारण लाई ७० र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजनकले बताएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan