Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिके राउतका २० जना समर्थकलाई प्रहरीले पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार | (रासस)
newsabhiyan

परासी, ३ असोज : संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

दिउँसो करीब २ बजेको समयमा संविधानको विरोध गर्दै जुलुस निकाल्ने तयारी गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ गरिएका सिके राउतका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan