Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डाक्टर नै नभएकालाई तक्मा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । असोज ३ गते संविधान दिवसका दिन नेपाल सरकारले प्रवल जनसेवा श्री पदक दिइयो । सो पदक विवादमा पर्यो । डा.रामथापा क्षेत्री हो उनको नाम । विभूषण पाउनेको ९७ नम्बरमा छ उनको नाम ।

मेडिकल काउन्सिल स्रोतका अनुसार उनी योग्यता परीक्षामा ४ पल्ट फेल भएका छन् र मेडिकल काउन्सिलले उनलाई डाक्टरको उपाधि दिएको छैन । फेरि उनी कसरी डाक्टर भए, उनलाई डाक्टरको हैसियतमा कसरी प्रवल जनसेवा श्री पदक दिइयो ?

गृहस्रोतसँग बुझ्दा थाहा छैन भन्छ । नेपाल सरकारका कुनै पदाधिकारी बोल्दैनन् । उनी २०७२ सालमा गएको भूकम्पको बेला धादिङको नीलकण्ठ नगरपालिकाको शान्तिनगरमा पुगेर स्वास्थ्यसम्बन्धी काम गरेका थिए ।

हाल उनी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्तरगत रहेको भन्दै तक्मा प्रदान गर्दा उनको कार्यालय राष्ट्रिय पुनर्निमाण प्राधिकरण उल्लेख गरिएको छ ।

उनले पाएको तक्मा अन्य सक्कली डाक्टरहरुजस्तै डा. धर्मदत्त बास्कोटा, डा. दिलिप शर्मा, डा. भुपेन्द्र थापालगायतका दर्जनौंले पाएका छन् ।

एउटा डाक्टर नै नभएको व्यक्तिले डाक्टरको नाउँमा तक्मा पाएपछि अन्य डाक्टरहरुले त्यससको विरोध गर्न विभिन्न निकायलाई गुहार गरिरहेका छन् ।

त्यसै विषयलाई लिएर नेपाल मेडिकल काउन्सिलले काउन्सिलको परीक्षामा पटक पटक फेल भएका व्यक्तिलाई कसरी र कसले डाक्टरको उपाधि दियो भन्दै विरोधसमेत जनाएको छ ।

डाक्टर नै नभएको व्यक्तिलाई डाक्टर भनि ठाडै उनको नाममा राष्ट्रले विभूषित गर्नुपर्ने भएपछि यस्ता कति नाम परेका होलान तक्मा र बिभूषणमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan