Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ प्रधानसेनापतिले ल्याए क्रान्तीकारी कुरो ! जर्णेलका श्रीमतीलाई ‘रानी साब’भन्न नपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

 
काठमाडौं ,५ असोज । नेपाली सेनामा गणतन्त्रको झल्को नआएको गुनासो थियो । नयाँ प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरे ।
 
जसअनुसार क्रान्तीकारी झल्कोको सुरुवात भएको छ । जर्णेलका श्रीमतीलाई ‘रानी साब’भन्न नपर्ने चलन अब हट्ने भएको छ ।  प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर समेत नराख्न सर्कुलर गरेका छन्।
 
यसअघि मुख्यालयसहित बाहिनी,पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन दिएका छन् ।
 
यस्तै उनले सैनिक जर्नेलका पत्निहरुलाई ‘रानी’ भन्नुपर्ने चलन हटाएका छन् । सेनामा जर्नेल पत्निहरुलाई ‘रानी साहेब’ भन्नुपथ्र्यो।
 
अब भने जर्साब पत्नीहरुलाई पनि ‘म्याडम’ मात्र भन्दा हुने भएको छ । यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ । सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन मुख्यालयले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।
 
यस्तै सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध लगाइएको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan