Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छुट्टा छुट्टै सवारी दुर्घटनामा चारको मत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,५ असोज । भक्तपुर, बारा र धनुषामा बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–९ भाते ढिकुरस्थित हबनव रेष्टुरेन्ट अगाडि बा.२ ख ९४५४ नम्बरको बस र बा. ८० प ६९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक काभ्रे पनौती नगरपालिका–९ घर भएका ३५ वर्षीय सुदर्शन तिमिल्सिना र चितवन घर भई हाल गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारी गम्भीर घाइते भएकोले उपचारको लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बारा करैयामाई गाउँपालिका–८ नरहीस्थित ना.४० प २४५७ नम्बरको मोटरसाइकलले गढीमाई गाउँपालिका–६ हेउलिया बस्ने गजिन्द्र मालीको ४ वर्षीया छोरी पुजाकुमारी मालीलाई ठक्कर दिंदा घाइते भएकीले उपचारको लागि जिल्ला अस्पताल कलैया हुँदै नेशनल मेडिकल कलेज बीरगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित सडकमा ज.१ त ६१६६ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका–७ दुर्गाटोल बस्ने १८ वर्षीय  अकवर राईन र १८ वर्षीय बसिर राईन ट्याक्टरबाट खस्न गई घाइते भएकोले उपचारको लागि जनकपुर अंचल अस्पताल पठाइएकोमा अकवर राईनलाई थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan