Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चटपटे र पानीपुरी बेचेरै आफ्नो श्रीमानको मुटुरोग निको बनाउने यी आमालाई सलाम (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

भक्तपुर, ५ असोज । कुनै बेला म नाङ्ग्लो पसल राख्थे । बाटोमा राख्दा समस्या भो । त्यसपछि चट्पट पसल राखे ।

अब खै कहिले नगरपालिकाले बाटो बनाउने हो । बाटो बनाउने भए पछि त यो ठाउँ पनि छोड्नु पर्छ। निन्याउरो अनुहारमा मान कुमारी श्रेष्ठले भनिन् ।

सुर्यविनायक, भक्तपुरको बस्ताप नेरी नै उनको सानो चट्पटको पसल छ। साथै चिया पसल पनि । मनिका श्रेष्ठ उनकी बुहारी हुन् । यसो समय मिलेको बेला पसलमा सघाइ दिनको निमित्त उनको बुहारी आउने गर्छिन्।

समाजमा सासु बुहारीको खटपट त तपाई हामीले सुनी रहेका नै छौं । तर मान कुमारीका सासु बुहारी आमा छोरी जस्तो भएर बसेका छन् । उनी भन्छिन्, ‘बुहारी पनि छोरी नै हो। उनी पनि आफ्नो घर, आमाबुबा छोडेर आएकी हुन्। हेला गर्नु हुँदैन। मैले आमाको माया नदिए कसले दिन्छ ? मलाई त उनी आफ्नो छोरी जस्तै लाग्छ।’

सिन्धुपाल्चोकमा उनको खेतबारी मज्जाले थियो। जीवनमा खानलाउनको दुःख थिएन। कपडा पसल थियो । व्यपार व्यवसाय पनि राम्रै, सन्तोषजनक नै थियो । एक्कासी उनको श्रीमानलाई मुटु रोगले ग्रस्त बनायो ।

आफ्नो श्रीमानको उपचार गर्दागर्दै उनको कपडा पसलको आम्दानी पनि सकियो । श्रीमानको उपचारमा धाउदा धाउदा पसलमा बस्ने फुर्सद पनि भएन । पसलमा बस्न फुर्सद नहुनु र उनको आर्थिक अवस्था कम्जोर हुँदै जानु एउटै भयो । अन्ततः उनले पसल बेचिन्।

जिनतिन गरेर श्रीमानको रोग निको पारिन्। छोराछोरी पनि सानै थिए। उनको तीन जना सन्तान छन्। धेरै दुःखेजिलो गरेर हुर्काइन। छोरा छोरीलाई पढाइन लेखाइन, सक्षम बनाइन। अहिले त छोराछोरी हुर्किसकेका छन् ।

त्यसपछि जिविको पार्जन गर्न उनले नाङ्ग्लो पसल थापिन्। तरकारी पसल राखिन। उनलाई घाटा भएसी उनले अहिले चटपटे पसल खोलेकी हुन् । अहिले उनको श्रीमान पनि निरोगी छन् । सुखी परिवार छ । उनको छोरा छोरी पनि कमाउनी भइसकेका छन्।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan