Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्समा तातो हावाका कारण एक हजार ५०० को मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ५ शुक्रबार |
newsabhiyan

पेरिस, ५ असोज (रासस÷सिन्ह्वा) : अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिनुभयो ।
यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ ।
त्यतिबेला १५ हजारदेखि २० हजारको बीचमा मृत्यु भएको थियो । उनीहरुमध्ये अधिकांश वृद्धवृद्धा र एकल रहेका थिए ।
अहिलेको तथ्याङ्क अपेक्षाकृत नै भएको अधिकारीहरुको भनाई छ । फ्रान्समा औसत तापक्रम २३.२ डिग्री हुनेगरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan