Monday 17th of December | २०७५ पौष २ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सहीद घोषणा र परिवारलाई क्षतिपूर्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan
newsabhiyan

काठमान्डौ, ७ असोज ।  प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाबीच भएको वार्ता सहमतिमा टुंगिएको छ । शुक्रबार विहानदेखि बसेको वार्ता साँझ टंगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले बताए ।

उनका अनुसार सहमतिपछि मृतक खुर्सिदको शव पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइने भएको छ । स्थानीय जनप्रतिनिधि, मुस्लिम अगुवा र खर्सिदका आफन्त परिवारले खुर्सिदलाई शहिद घोषणा र परिवारलाई क्षतिपुर्ति माग गरेका थिए । यो मागमा सकारात्मक रही गृहसचिवले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकबाट पारित हुने विश्वास दिलाएको भन्दै यो जानकारी प्रजिअ उप्रेतीले वार्तास्थलमा सुनाएका थिए ।

भुटाहा हुँदै भारतीय सीमाक्षेत्रसम्म बस्ने जनपद र सशस्त्र प्रहरीको वेसक्याम्प प्रतिस्थापन गरेर अर्को टोली ल्याउनेमा पनि सहमती भएको छ । ‘स्थानीय मागअनुसार जनपद र सशस्त्रका क्याम्प र प्रहरी चौकीमा नयाँ टोली ल्याउने काम पनि सुरु भएको छ’ प्रजिअ उप्रेतीले भने ।

सहमतिअनुसार गृहमन्त्रीसँग वार्ता गर्न मुस्लिम अगुवा र स्थानीय समुदायको तर्फबाट पाँचजनाको टोली काठमाडौ जाने भएको छ । सरकारले अनुसन्धानकालागि सिआइवीलाई र छानबिनका लागि एसएसपीको संयोजकत्वमा टोली बनाएर घट्नास्थलमा खटाएको छ ।

वार्तामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेती, अनुसन्धान एसपी टीका पोखरेल, सशस्त्रका एसपी सुरेश श्रेष्ठ, प्रहरीका एसपी राजन अधिकारी, नेकपाका नेता भीम आचार्य, हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, प्रदेश सभासद ताहिर अन्सारी, पुर्वमन्त्री जाकिर हुसेन, मुस्लिम अगुवा, मौलवी र मौलानाहरु सहभागी थिए ।

गृहमन्त्रालयले १५ दिनभित्रमा छानवीन प्रतिवेदन पेश गर्ने गरी एसएसपी किशोर दाहालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाई, कानुन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, ससस्त्र प्रहरी उपरिक्षक रमेशकुमार थाम्सु र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य रहेको समिति बनाएर पठाएको छ ।

हत्या गरेर प्रहरीकै अघि हत्याराहरु दुइटा मोटरसाइकलमा भारतीय सिमा पार गरेकोमा प्रहरी प्रसासनविरुद्ध नाराबाजी गर्दै स्थानीयले प्रदर्शन गरेका थिए । विद्यालय व्यबस्थापनसमितिको बैठक सकेर विहान भूटाहा बजारमा चिया खाएर छिमेकी अमिन मियाँको मोटरसाइकल पछाडि चढेर घर पुग्नै लाग्दा अज्ञात बन्दुकधारीले दुईतिरबाट चलाएको गोलीले अन्सारीको मृत्यु भएको थियो । कान्तिपुर दैनिकबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan