Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली सेनामा बल्ल आयो गणतन्त्र

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ असोज । कुनै जमानामा नेपाली सेनाको परमाधिपति राजा हुने गर्थे । तर, २०६५ साल जेठ १५ देखि नेपालमा राजतन्त्र उन्मूलन भई गणतन्त्र वहाली भयो ।

गणतन्त्र आएपछि राजतन्त्रले स्थापित गरेका राजनीतिक मूल्य, मान्यता तथा संस्कार परिवर्तन भए । गणतन्त्र आएको १० वर्ष बितिसक्दा पनि नेपाली सेनाभित्र भने राजतन्त्रले स्थापित गरेका संस्कार, मान्यताहरु कायमै थिए ।

तर, नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले भने आफूले कार्यभार सम्हालेलगत्तै पहिलो कामका रुपमा राजतन्त्रकालिन संस्कारलाई फेर्ने जमर्को गरेका छन् ।

उनले चालेको सुधारको कदमको सर्वत्र प्रशंसा भएको छ । प्रधानसेनापति थापाले देशभरका सैनिक ब्यारेकहरुमा आफ्नो तस्विर नराख्न सर्कुलर गरेका छन् ।

यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिम केन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्बिर झुन्डयाउने गरिन्थ्यो ।

अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्बिर राख्न थापाले निर्देशन दिएका छन् ।

यस्तै उनले सैनिक जर्नेलका पत्नीहरुलाई ‘रानी’ भन्नुपर्ने चलन हटाएका छन् । सेनामा जर्नेल पत्नीहरुलाई रानी साहेब भन्नुपथ्र्यो ।

अब भने जर्साब पत्नीहरुलाई पनि म्याडम मात्र भन्दा हुने भएको छ । यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ, देशान्तरमा उल्लेख छ । 

सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन मुख्यालयले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ । यस्तै सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न प्रतिबन्ध लगाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan