Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कैलाश विकास बैंकका तीन शाखा एकै दिनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ असोज । कैलाश विकास बैंक लिमिटेडले कंचनपुर जिल्लाको महेन्द्रनगरमा, सुर्खेत जिल्लाको विरेन्द्रनगरमा तथा सुर्खेत जिल्लाकै छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आज आईतबारबाट सञ्चालनमा ल्याएको छ ।

महेन्द्रनगर शाखाको शुभारम्भ प्रदेश नं. ७ का प्रदेश सभासद लालबहादुर खड्का, विरेन्द्रनगर शाखाको शुभारम्भ विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुबेदी तथा छिन्चु शाखाको शुभारम्भ भेरी गंगानगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले गरेका हुुन ।

नयाँ तीन शाखा सहित बैंकको शाखा संख्या ७० पुगेका छन् भने एटिएम संख्या २६ पुगेका छन् । बैंकले छिट्टै बांके जिल्लाको नेपालगंज, दाङ्ग जिल्लाको तुल्सीपुर, झापा जिल्लाको बिर्तामोड, सुनसरीको धरान तथा अन्य विभिन्न ठांउहरुमा २१ वटा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

विकास बैंकहरु मध्ये आफ्नो छुट्टै स्थान बनाएको राष्ट्रियस्तरको यो विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ ।
थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

कैलाश विकास बैंकका तीन शाखा एकै दिनमा

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan