Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यो दादागिरी प्रहरीको कि एसपी अशोक सिंहको ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौं । काठमाडौंको ठमेलस्थित यूरो सहकारी संस्था लिमिटेडमा पराजुली थरका आमाछोरीको संयुक्त नाममा खोलीएको खातामा जम्मा भएको झण्डै साठी लाख रकम आमाकै मात्र दस्तखतका आधारमा दिनु पर्ने भन्दै प्रहरी परिसर, काठमाडौंका एसपी अशोक सिंहले सहकारी संस्थाका अध्यक्षलाई बारम्बार धम्की दिने गरेको र सहकारीका दुई कर्मचारीलाई बिहीबार कार्यालयबाटै पक्रेर भ्यानमा राखी टेकुस्थित कार्यालय पुर्याएको अवस्थाले पुलिसको दादागिरी हो कि एसपी अशोक सिंहको 'खराब नियत'? प्रश्न जन्माएको छ ।

सहकारी संस्थाका पदाधिकारीले खातामा जम्मा भएको रकम हाल अमेरिकामा रहेको भनिएकी छोरीको समेत हस्ताक्षर चाहिने तर्क अघि सारेको छ ।

उसले विदेशमा भए वा स्वदेशमै भए पनि सहकारी कार्यालयमा उपस्थित हुन नसक्ने हो भने अख्तियारनामा आवश्यक पर्ने वा प्रहरी कार्यालयले नै उक्त रकमको जिम्मेवारी लिइदिने हो भने प्रहरी कार्यालयमा उक्त रकम उपलब्ध गराइदिने बताउँदा एसपी अशोक सिंहले न त उक्त रकम आफ्नो कार्यालयको रोहबरमा बुझन मान्ने न अख्तियारनामाको कुरा सुन्न चाहाने गर्नुले ‘खराव नियत’को झल्को देखिएको छ ।

जवकी आफ्नै खातामा भएको रकम सामान्य हस्ताक्षर नमिल्दा त बैंकले भुक्तानी गर्न मान्दैन भने हस्ताक्षर पनि नभएको र उपस्थित पनि हुन नसक्ने अवस्थामा प्रहरीले धम्की दियो भन्दैमा साठी-साठी लाख भोलीका दिनमा मुद्दामामिला पर्दैन भन्ने ग्यारेन्टी कसले गर्ने ?

सहकारी भनेको सयौं सर्वसाधारणले आफूसँग भएको रकम जम्मा गर्ने, व्यवसाय गर्न चाहानेले सामुहिक वा धितो जमानीमा ऋण लिने संस्था हो तर, त्यतीसम्म पनि नबुझेर वा कसैको दबाब अथवा प्रलोभनमा परेर आफूलाई होनाहार तथा व्यवसायिक प्रहरी अधिकारी बताउन चाहाने एसपी अशोक सिंहले त्यस्तो घटिया कार्य किन गर्न खोजेका होलान् ?

यस विषयमा परिसरका एसएसपी बसन्त लामासँग सम्पर्क गर्दा पहिला घट्ना बारे आफूलाई कुनै जानकारी नगराइएको बताउनु र उहाँ स्वयमले कार्यालयमा बुझ्दा 'गलत ब्रिफीङ गरिएको' बुझन सकिन्छ ।

आईजीपीले 'प्रहरी संगठनभित्र रहेका बदमास किराहरु टिपेर फाल्ने' बताइरह्ँदा उहाले नै विश्वास गरेर काठमाडौं परिसरमा पठाएको प्रहरी अधिकारीबाटै प्रहरीको शक्ति दूरुपयोग गर्नुलाई कसरी लिने ?

परिसर कार्यालयमा आज भएको छलफलका क्रममा छोरीको नाममा एकाउन्टपेयी चेक दिन परिसरका डीएसपी मोहोन थापाले दबाब दिएका छन् । यसरी एकपछि अर्कोले दबाब दिनुको कारण खुलस्त हुनै बाँकी छ ।

तर सहकारी संस्थाका तर्फबाट छलफलमा गएकाहरु भने प्रहरी कार्यालयलाई रकम बुझाउन पनि तयार छन्, अख्तियारनामा ल्याइएको खण्डमा रकम उपलब्ध गराउन पनि मञ्जुर छन् । तर कसको कुन पावरले एसपीले धम्क्याउने, डीएसपीले तर्साउने, असईले भ्यान नै लिएर पक्राउ गर्न जाने गरेका हुन् ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan