Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्व.बाँस्तोलाप्रति सभापति देउवाद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, २८ असोज : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

बाँस्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिएको थियो । बास्तोलाको शनिबार राति निधन भएको थियो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत र डा प्रकाशशरण महत लागयतका काङ्ग्रेसका नेताहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव विष्णु पौडेल लगातयका नेताहरुले स्व.बाँस्तोलाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बाँस्तोलाको शनिबार राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनःनिवासमा लगिएको थियो ।

स्व बाँस्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँले पराराष्ट्र, कृषिलगायत मन्त्रालयका मन्त्री, नेकाका केन्द्रीय सदस्य एवं भारतका लागि नेपालका राजदूतसमेत हुनुहुन्थ्यो ।

काँग्रेस उपसभापति निधिले नेता बाँस्तोलाको निधनले सिङ्गो देश, पार्टी र लोकतान्त्रिक आन्दोलनप्रति क्षति पुगेको छ भन्नुभयो । युवा नेता प्रदीप पौडेलले स्व बाँस्तोलालाई लोकतान्त्रिक आन्दोलनको सेनानीका रुपमा चिन्न सकिन्छ भन्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan