Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से घट्यो, कारोवार रकम भने बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, असोज २९, आज सोमबार नेप्से घटेपनि कारोवार रकम भने अघिल्लो दिनको तुुलनामा बढेको छ । नेप्से शुन्य दसमलव ७९ अंकले घटेर १२ सय ४१ दसमलव ६४ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ४५ अंकले घटेर दुुई सय ६४ दसमलव १० अंकमा पुुगेको छ ।

एक सय ५२ कम्पनीहरुको चार हजार चार सय आठ वटा कारोवारमा १४ लाख ६४ हजार आठ सय ९४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३३ करोड ५८ लाख ६५ हजार पाँच सय २३ रुपैयाँको सेयर किनबेच भएको छ । 
१० वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवार सुचक बढेर पाँच वटाको घटेको छ  ।

बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ६४ अंंकले घटेर ११ सय दसमलव ३२ अंकमा पुुगेकोमा २१ करोड २४ लाख आठ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक पनि पाँच दसमलव ३२ अंकले घटेर १४ सय ८६ दसमलव ३८ अंकमा पुुगेकोमा एक करोड २९ लाख ६६ हजार छ सय रुपैयाँको सेयर कारोवार भएको छ । जलबिद्युुत, लघुबित्त र  अन्य समुहको सुचक पनि घटेको छ ।

निर्जिवन बीमा समुहको सुचक भने १२ दसमलव ३५ अंकले बढेर पाँच हजार सात सय ८५ दसमलव ६५ अंकमा पुुगेकोमा एक करोड ७७ लाख ६९ हजार सात सय रुपैयाँको सेयर कारोवार भएको छ । जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको कारोवार सुचक भने बढेकाछन । 


कमाउने कम्पनीको सुचीमा आज एनआईबिएल समृद्धि फण्ड—१ पहिलो स्थनमा परेको छ  भने गुमाउने कम्पनीको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज प्रभुु बैंक पहिलो स्थानमा परेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan