Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयनमा सरकार लागिपरेको छः मन्त्री अर्याल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार | (रासस)
newsabhiyan

स्याङ्जा, २९ असोज : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सङ्घीय प्रणालीलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि सरकार अगाडि बढेको बताउनुभएको छ ।

मन्त्री अर्यालको निजी सचिवालयले स्याङ्जा वालिङमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ऐतिहासिक जनआन्दोलनबाट प्राप्त सङ्घीयतालाई सबल र सुदृढ बनाउनका लागि सबै एक एकतावद्ध भएर अगाडि बढ्नुपर्छ ।

मन्त्री अर्यालले मुलुकमा सङ्घीय प्रणाली नयाँ अभ्यास भएकाले यसको कार्यान्वयनमा अहिले केहि जटिलता देखिए पनि त्यो विस्तारै अन्त्य हुँदै जाने बताउँदै सङ्घीयतालाई राम्रोसँग सञ्चालन गर्न नसके दुर्घटना हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

स्थानीय तहलाई सरकारले शक्तिशाली बनाउन चाहेको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकासका लागि सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले भूउपयोग नीति निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै मालपोत र नापी कार्यालयमा थालेको शुद्घीकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गर्ने र अनलाइन सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य एवं विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको सुशासन र समृद्घिको बाटोमा लाग्न सरकारलाई आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ पूर्वसभासद् मुक्तिप्रसाद पाठक, नेकपाका नेता चक्रबहादुर पराजुली, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीलगायतले मुलुकको विकास र समृद्धिका लागि सबै लाग्नुपर्ने बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan