Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार | Patrapatrika
newsabhiyan
newsabhiyan

असोज ३०, काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानीमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन्।

दसैंको अवसरमा चिसापानी घुम्न गएका बेला डुंगा पल्टिएको हो। इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी अनुसार डुंगा पल्टिदा कैलालीको जोशीपुर गाउँपालिका–६ का २३ वर्षका पुरुषोतम  चौधरी र वडा न २ का २२ वर्षका समीर बडेला कर्णाली नदीमा बेपत्ता भएका हुन्।

काठको सानो डुंगामा पाँचजना चढेपछी डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए।

सोमबार साँझ साढे पाँच बजे पल्टिएको डुंगाबाट तीनजनाको स्थानीय र प्रहरीले उद्दार गरेको छ। बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ। बेपत्ता चौधरी शिक्षक हुन्। समाचार अन्नपूर्ण पोष्टमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan