Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्योति बैंकको ११अाैं वार्षिक साधारणसभाद्धारा ८.४०% नगद लाभांश वितरण गर्न स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । ज्योति विकास बैंक लि.ले सोमबार एक कार्यक्रमकाबीच नक्साल ब्याङ्केट, नक्साल, काठमाण्डौमा एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८.४०%का दरले हुुने रु.२१,८०,६२,७५३ /– (अक्षरुपी एक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।

प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उठेका प्रश्नहरुकको जिज्ञासा समाधान पश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

एघारौं वार्षिक साधारणसभाबाट ज्योति विकास बैंक लि.ले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रिय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंक लि. लाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।

हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । गत आ.व.२०७४÷७५ मा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan