Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आँधीले पु¥याएको क्षतिबाट महासचिव गुटरेस दुःखी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार | RSS
newsabhiyan

संयुक्त राष्ट्रसंघ, ३० असोज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उहाँले मङ्गलबार एक विज्ञप्तिमार्फत दुःख व्यक्त गर्नुभएको छ ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट
गर्नुभएको बताइएको छ ।
उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति पनि पुगेको छ । साथै यसबाट दशौँलाख नागरिक पनि प्रभावित भएका छन् ।
सो आँधीबाट उडिसाका विशेषगरी गन्जाम, गजापति र रायगडा जिल्लामा ठूलो असर परेको छ । त्यहाँका दशौँलाख नागरिक प्रभावित भएका र कतिपय विस्थापित पनि हुन पुगेका छन् ।
आँधीका कारण बाटोघाटो र पूर्वाधारहरु भत्किएका छन् । बिजुली र टेलिफोनजस्ता सुविधाबाट नागरिक वञ्चित हुन पुगेका उडिसाका सरकारी अधिकारीहरुले बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan