Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुर्व राजा ज्ञानेन्द्र शाहबाट विजया दशमीको शुभकामना , यस्तो छ शुभकामना विज्ञप्तिको पुर्ण पाठ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,३० असोज ।  पुर्व राजा  ज्ञानेन्द्र  शाहबाट विजया दशमीको पावन अवसरमा देश भित्र र देश बाहिर रहे बसेका सम्पुर्ण नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शुभकामना  व्यक्त गर्नुभएको छ ।
 
देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरर्ण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्ण व्यवहार निरुत्साहित हूंदै जाने विश्वास हामीले लिएका थियौं । जारी विज्ञप्तिमा भनिएको छ ।  
 
देश बनाउने सपना देखेका नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारणा देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेको भन्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा चिन्ता व्यक्त समेत भएको छ ।
 
पूर्वराजा शाहले आफ्नो शुभकामना सन्देशमा नेपाली- नेपालीबीचको सामाजिक सद्भाव मेट्दै तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्नसमेत भइरहेको उल्लेख गरेका छन्। साथै उनले अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको भन्दै आफैँलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरेका छन्। 

यस्तो छ शुभकामना  विज्ञप्तिको पुर्ण पाठ

 
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका सम्पुर्ण नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शुभकामना  व्यक्त गर्दछौं ।
 
नेपाल राष्ट्र भन्नू नै य१ीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य छिन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको छ ।
 
देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपुर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछू ।
 
देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्टिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्ण व्यवहार निरुत्साहित हूंदै जाने विश्वास हामीले लिएका थियौं । 
 
देश बन्ने बनाइने सपना देखेका हामी नेपाली ( राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसुचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपूगेका छौं । हरेक उपलव्धिहरु परिवर्तन हून् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनन् भन्ने पूष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।
 
आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ ।
 
अव समिक्षा र आत्ममुल्यांकनको घडी आएको छ । आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौं । 
श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan