Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस कारण कैदीबन्दीहरुको सजाय मिनाह भएन यसपाली

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३१ बुधबार | Patrapatrika
newsabhiyan
newsabhiyan

असोज ३१, काठमाडौं । नयाँ मुलुकी अपराध संहिताका कारण यो दशैमा विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका कैदीबन्दीको सजाय मिनाह रोकिएको छ ।

गणतन्त्र दिवस र वडा दशैंको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशत कैद जीवन भुक्तान गरेकालाई कैद मिनाह गर्दै आएको थियो । गृह मन्त्रालयले यसअघि असल चालचलन भएका जघन्य अपराधका मुद्दामा कैद सजाय भोगिरहेका बाहेकका कैदी बन्दीमध्ये ४० प्रतिशत कैद भुक्तान गरेका असल चालचलन भएकाको नामावली माग्ने गरेको थियो ।

तर यसपालि गृहले नामावली नमागेको केद्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिरकारीले बताउनुभयो । नयाँ मुलुकी अपराध संहिताका कारण दशैंमा कैदी बन्दीले यो सुबिधा नपाएको गृहले जनाएको छ । गणतन्त्र दिवसका अवसरमा भने सरकारले माओवादी नेता बालकृष्ण ढुंगेल सहितलाई रिहा गरेको थियो ।

गत भदौबाट लागू भएको नयाँ अपराध संहिताका कारण मुलुकी अपराध संहिता अनुसार कैदीबन्दीले कैद मिनाह पाउन जघन्य अपराध अन्तर्गत भष्टाचार, जबर्जस्ती करणी, राज्यविरुद्धको अपराध, मानव बेचबिखन विरुद्धको अपराध, लागूऔषध कारोबार, शरीर बन्धन बाहेकका अन्य अपराधका मुद्दामा कम्तिमा ७५ प्रतिशत कैद जीवन भुक्तान गरेको हुनुपर्ने उल्लेख छ । समाचार कान्तिपुरमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan