Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्व एमाले नेताहरु सशंकित : ओलीले दिए नेकपा हाक्ने जिम्मा प्रचण्डलाई !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २६ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ कात्तिक । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा एक अध्यक्षले पार्टी र अर्का अध्यक्षले प्रधानमन्त्री बनाउने सहमति बनेको छ ।

पार्टी तथा प्रधानमन्त्री चलाउदै आएका अध्यक्ष केपी शर्मा ओलीलाई डाक्टरहरुले धेरै धपेडी नगर्न सुझाएपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी हाम्ने जिम्मा सुम्पिएका हुन् ।

विरामी भएर अस्पताल भर्ना भएका ओली अस्पतालबाट डिस्चार्ज हुनु अघि अर्का अध्यक्ष प्रचण्डसंग अन्तरंग सम्वाद गरेका थिए ।

छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा ओली भर्ना भएका थिए । अन्र्तरङ्ग सम्वादका क्रममा ओलीले पार्टी हाक्ने जिम्मा प्रचण्डलाई दिने बताएका थिए ।

चिकित्सकहरुले ओलीलाई धेरै धपेडी नलिन आग्रह गरेपछि पार्टी र सत्ता सञ्चालनको साचो आफैसंग राख्दा धपेडी हुने ठानेर पार्टी सञ्चालनको साचो प्रचण्डलाई दिने निष्कर्षमा ओली पुगेका हुन् ।

ओलीले अब आफूलाई सरकारको काममा मात्रै केन्द्रित राख्ने भएका छन् । पार्टी एकता गर्दा भएको सहमति अनुरुप प्रचण्डलाई पार्टीको कमाण्ड हाक्ने जिम्मेवारी दिने निष्कर्षमा ओली आफै पुगेका हुन् । तर, उनले त्यस विषयमा आफ्नो पूर्व पार्टी एमालेका नेताहरुसंग कुनै सल्लाह गरेनन् ।

ओलीको यो निर्णय अनौपचारिक रुपमा थाहा पाएपछि पूर्व एमाले नेताहरु भने सशंकित भएका छन् । पार्टीमा प्रचण्ड हावी भएमा आफुहरुलाई टिक्न गाह्रो हुने भन्दै त्यस्तो निर्णय लिन अलि हतार भयो कि भन्दै ओलीलाई सुझाउने नेताहरुको तस्कर आजभोली प्रधानमन्त्री निवास बालुवाटारमा लाग्ने गरेको निकटस्थ स्रोत बताउँछ ।

तर, ओलीले भने ‘पार्टी एकता गर्दा भएको सहमति आफुले कार्यान्वयनका चरणमा लगेको’ प्रस्टोक्ति दिने गरेको पनि स्रोतले बतायो ।

विशेषगरी पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य माधवकुमार नेपाल ओलीको यो निर्णयबाट धेरै नै क्रुद्ध बनेको स्रोतले उल्लेख गरेका छन् । पार्टीको कमाण्ड हाक्ने जिम्मा प्रचण्डले पाएपछि नेताहरु प्रचण्डको प्यारो बन्नका लागि चाकडिमा लागेका छन् ।

पूर्व एमालेका नेता तथा अहिलेका महासचिव विष्णु पौडेल प्रचण्ड जाने कुनै पनि पार्टीका कार्यक्रममा आफु पनि सहभागि भएर नजिकको बन्ने प्रयास गरिरहेका छन् ।

त्यस्तै नेता बामदेव गौतम पनि प्रचण्डको कित्तामा पुर्णतया आइसकेको स्रोतहरु बताउँछन । त्यस्तै अगाडिबाटै प्रचण्डसंग नजिक रहेका नेताहरु पनि विहान विहान प्रचण्डको निवास खुमलटार धाउन थालेका छन् ।

यता, पूर्व माओवादी नेताहरु भने आफुहरुलाई भन्दा पूर्ण एमालेका नेताहरुलाई च्यापेर हिडेको भन्दै प्रचण्डसंग रिसाएका समाचारहरु पनि प्राप्त भएका छन् । त्यसरी रिसाउनेमा पार्टी एकताका क्रममा तत्काल एकता गर्न नहुने धारणा राख्ने नेताहरु रहेको स्रोतले बतायो ।

प्रचण्डले भने माओवादीबाट आएकाहरु आफ्नै भएकाले पूर्व एमालेहरुलाई आफु निकट बनाएर आगामी महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुने ध्याउन्न राखेका छन् ।

त्यही रणनीति अनुरुप उनले जसरी हुन्छ, पूर्व एमालेका धेरै मत तान्न सक्ने नेताहरुलाई आफ्नो सानिध्यमा ल्याउने कोशिस गरिरहेका छन् त्यसै अनुरुप महासचिव पौडेल र नेता गौतमलाई उनले आफ्नो सामिप्यमा राखेका छन् भने अन्य नेताहरुसंग पनि अनौपचारिक कुराकानी गरिरहेको स्रोतहरु बताउँछन् ।

नेताहरुले पनि आफुहरु खुलेर नलागेपनि गोप्य रुपमा सहयोग गर्न तयार रहेको बचन दिएका खुमलटार स्रोतले बतायो । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan