Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्यकर्ता पक्राउको बिरोधमा नेबिसंघको चक्काजाम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २८ बुधबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २८ कार्तिक । ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेपाली कांग्रेस निकट भ्रातृसंगठन नेबिसंघले बुधबार चितवनमा केहीबेर चक्काजाम गरेको छ ।

केन्द्रीय कार्यक्रमअनुसार आज (बुधबार) नेबिसंघले चितवनमा चक्काजाम गरेको हो । भरतपुरको चौबीसकोठीमा जम्मा भएका नेबिसंघका कार्यकर्ताहरुले तप्शेवर उच्च माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष समेत रहेका आफ्ना कार्यकर्ता कृष्ण ढकाललाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

बिहान ९ बजेेेदेखि गरिएको चक्काजाम केेहीबेर सम्म जारी रहेको थियो । कुकुर तिहारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार जोडेको तस्वीर फेस्बुक सेेेयर गरेको भन्दै काभ्रे प्रहरीले १६ बर्षिया ढकाललाई पक्राउ गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan