Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan

काठमाडौँ, २९ कात्तिक (रासस) : नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ ।

कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म पुरानो बानेश्वरस्थित साइम कलेजमा हुने बहसमा बेलायती संसदीय प्रणालीमा घनिभूत बहस हुनेछ । प्रतियोगिताका संयोजक पदम रेग्मी नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा ‘राष्ट्र बहस’ प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य लक्ष्य समावेशीताको सिद्धान्तअनुरुप आफ्ना विचार नेपाली भाषामा व्यक्त गर्न सकिनेछ । प्रतियोगितामा अधिकतम टोली सङ्ख्या ४० जनासम्म हुनुपर्ने र बहसकर्ताको सङ्ख्या प्रतिटोली दुई जना हुने नियम छ । सहभागी समूहलाई कात्तिक ३० गते तालीम दिइनेछ । मङ्सिर १ र २ गते समूह चरण छनोट गरिनेछ भने मङ्सिर ३ गते नकआउट चरणका साथै मङ्सिर ३ गते नै प्रतियोगिताको फाइनल हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan