Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचनका कारण खलङ्गा झोलुङगे पुल ४८ घन्टाका लागि बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार | RSS
newsabhiyan

दार्चुला, ३० कात्तिक, भारतको पिथौेरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदीमाथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नोभेम्बर १८ (मङ्सिर २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म पिथौरागढमा स्थानीय निकायको निर्वाचन हँुदैछ । सुरक्षाका कारण ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म पुल बन्द हुने भएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan