Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकास बैंकहरुको पहिलो तीन महिनाको नाफा उच्च

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार |
newsabhiyan
newsabhiyan

सुरेश राउत, काठमाडौं, ३० कात्तिक । विकास बैंकहरुको लागि चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि सुखद देखिएको छ । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत सञ्चालनमा रहेका ३३ वटा विकास बैंकहरुमध्ये हालसम्म २५ वटाले चालूआवको पहिलो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

तीमध्ये एकाधबाहेक सबैजसो विकास बैंकहरुको नाफा बढेको र निष्क्रिय कर्जाको अनुपात घटेकाकारण पनि पहिलो त्रैमासिक अवधि विकास बैंकहरुको लागि सुखद देखिएको हो । वित्तीय अवस्था सार्वजनिक गर्ने २५ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले खुद मुनाफा आर्जनमा सबैलाई उछिनेकोे छ ।

निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य दुई प्रतिशत मात्र रहेको मुक्तिनाथले चालू आवको पहिलो त्रैमासिकमा २० करोड तीन लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त बैंकको मुनाफा १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार रुपैयाँ रहेको मुक्तिनाथले चालू आवको पहिलो त्रैमासिकमा ३३ अर्ब २५ करोड ६९ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड दुई लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

विकास बैंकहरुको पहिलो तीन महिनाको नाफा उच्च

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan