Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लायन सहकारीको खुद नाफा ४६ लाख

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार |
newsabhiyan

काठमाडौँ, १ मङ्सिर (रासस)ः नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्थाको खुद नाफा रु ४६ लाख ६० हजार भएको छ ।

संस्थाको आज १८ आंै वार्षिक साधारणसभामा कार्यबहाक अध्यक्ष बाबुराम अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा रु ३० करोड ६४ लाख २४ हजार निक्षेप पूँजीमा रु ४६ लाख ६० हजार खुद नाफा भएको उल्लेख छ । संस्थाले आगामी असार मसान्तसम्म खुद नाफा रु ५७ लाख पु¥याउने लक्ष्य लिएको छ । साधारणसभामा काठमाडौँ नगरपालिकाका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सरकारी संस्थाले स्थानीयस्तरमा बेरोजगारलाई रोजगार बनाउन ऋण प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
एक हजार ८९ जना शेयर सदस्य रहेको सहकारीले बाल बचत, निवृत कर्मचारी बचत, एकल महिला बचत जस्ता कार्यक्रम सञ्चालन गदैआएको प्रबन्धक जीवन क्षेत्रीले जानकारी गराउनुभयो । संस्थाले प्रत्येक वर्ष ज्येष्ठ र अशक्तमध्ये एक जनालाई मासिक रु एक हजार आर्थिक सहयोग समेत गदैआएको छ । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan