Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोदी माल्दिभ्स भ्रमणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार |
newsabhiyan

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स जानुभएको हो ।

माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

पदभार ग्रहण समारोह राजधानी मालेमा आयोजना गरिएको छ । प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो माल्दिभ्स भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति सोलिहसहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan