Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामाजिक सेवामा सक्रिय व्यक्तित्वलाई सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, २ मङ्सिर । पर्सा मिलन केन्द्र काठमाडौँले सामाजिक सेवामा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेको छ ।

उद्योग तथा वाणिज्य क्षेत्रबाट गणेशप्रसाद लाठ, स्वास्थ्यबाट डा वीरेन्द्रबहादुर प्रधान, शिक्षा तथा संस्कृति क्षेत्रबाट गोपालजीप्रसाद, कला तथा साहित्यबाट अभय चौधरी र आयुश चौधरी, सामाजिक क्षेत्रबाट दिलीपमान सिंह राजभण्डारी र खेलकूदतर्फ उमेशराज उपाध्यायलाई सम्मान गरेको हो ।

केन्द्रले २० औँ स्थापना दिवसका सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा उहाँले ११ औँ शताब्दीमा सिम्रोनगढ क्षेत्रका विभिन्न चट्टानमा कुँदिएका कला कृति अहिले दुर्लभ रहेकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिँदैे प्राचीन समयमा मिथिला क्षेत्रमा विकास भएका कला, साहित्य, दर्शन तथा परम्परा लोपोन्मुख बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

केन्द्रका महासचिव कृष्णप्रसाद उपाध्यायले स्थानीय पूर्वाधार विकास तथा विभिन्न समयमा संस्थाले काठमाडौँमा स्वास्थ्य शिविर, सरसफाइलगायत क्षेत्रमा गरेका गतिविधिबारे जानकारी गराउनुभयो ।

कार्यक्रमका संयोजक बैजुनाथ रौनियारले समाजका विभिन्न तहमा रही राष्ट्र निर्माणमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने केन्द्रको नीति रहेको उल्लेख गर्नुभयो ।

केन्द्रका अध्यक्ष रत्नलक्ष्मी श्रेष्ठले मुलुकमा विसं २००७ मा भएको प्रजातान्त्रिक आन्दोलनमा पर्सा क्षेत्रका धेरैले जीवन उत्सर्ग गरेको बताउँदै शहीद तथा उनीहरुका परिवारको खोजी गर्न लागिएको बताउनुभयो । उक्त कार्यक्रममा केन्द्रका पूर्वअध्यक्ष वेदमान सिंह मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan