Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल बिदेशी सैनिकको परेड स्थल बन्दै : गुरुङ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २ आइतबार |
newsabhiyan
newsabhiyan

भक्तपुर, २ मंसिर । नेकपाका प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई बिदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरमा परिरहेको बताउनु भयो ।

उहाँले नेपालमा स्थिरता कायम गर्न नसके नेपाल बिदेशी सैनिकहरुको क्रिडा स्थल बन्नुका साथै एक प्रकारको अफगानिस्थानको मोडेल बन्ने बताउनु भयो ।

उहाँले नेपालको भूमि दुरुपयोग गरि एक चीन नीतमा हमला गर्ने र तिब्बतको मामलामा समेत हस्तक्षेपकारी भूमिकामा बिदेशीहरु लागीरहेको उहाँको भनाई छ ।

जनताको जनमत अनुसरा राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचे अनुरुप कामहरु हुन नसकेको उहाँले बताउनु भयो । सबै बिषयहरुलाई मध्ये नजर गर्दै सरकारले तिव्ररुपमा काम समेत गरिरहेको उहाँको भनाई छ ।

संघियता कार्यान्वयन गर्ने बिषयमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै संक्रमण अवस्था जारीनै रहेकाले सिस्टमा रुपमान्तरण गर्दै जानुको बिकल्प नभएको बताउनु भयो ।

उहाँले संबिधानत देशमा बहुदलीय प्रणाली रहेको भनेता पनि देश दुई दलिय प्रणाली तर्फ जान लागेको बताउनु भयो । दुई दलयी ब्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्टहरु एक भएर जानुको बिकल्प नरहेको समेत उहाँले बताउनु भयो ।

हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मक भन्दा पनि सकारात्मक रहेको बताउँदै काँग्रेसले बिभिन्न बिधेकहरु पारित गर्दा देखाएको सम्र्थनले प्रष्टाएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्रीले बिभिन्न क्षेत्रको शक्ति आफ्नो मातहतमा लिएको बिषय सहि र गलत समयले पैष्टाउने भन्दै हाल सम्म प्रधानमन्त्रीले सकारात्मक कामलाई प्राथामिक्ता दिएर काम गरिरहेको उहाँले बताउनु भयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan