Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छठ सकियो, संविधान संशोधन भएन, राजपाले समर्थन पनि फिर्ता लिएन : नेता कर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, २ मंसिर । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले संविधान संशोधन लगायतका मागहरुप्रति वेवास्ता गरेको गुनासो गरे ।

सरकारलाई जुन उद्धेश्य र अपेक्षाका साथ समर्थन गरिएको थियो त्यो पूरा नभएको कर्णले बताए । आफू मधेशी जनताको अधिकारका लागि ४० वर्षदेखि लड्दै आएको जिकिर गर्दै कर्णले राज्यसत्ताका कारण मधेशी जनता अधिकारविहिन भएको आरोप लगाए ।

राजपाले दशैँअघि नै प्रधानमन्त्री केपीओलीलाई भेटेर छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।

तर, संविधान संशोधन प्रक्रिया अगाडि बढेको छैन । राजपाका नेताहरुले दशैँअघि भनेजसरी सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्न सकेको छैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan