Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेविसंघको १२ औं महाधिवेशन अब २ महिनापछि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार | Patrapatrika
newsabhiyan
newsabhiyan


मंसिर ३, काठमाडौं । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ ।

आइतवार बसेको काँग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो ।

काग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले नेपाल समाचारपत्रलाई सोबारे जानकारी दिदै यो दुईमहिनाको अवधिमा महाधिवेशन गर्न सकिने बताउनुभयो । उहाँले विधान सर्वसहमतिबाट पारित भएको दावी गर्नुभयो । महाधिवेशन गर्न दुई महिना समय पाएसंगै नेविसंघको प्राण जोगिएको छ । नत्र नेविसंघ आइतवारदेखि नै विघटनको संघारमा पुगेको थियो ।

एघारौं महाधिवेशनपछिको नेतृत्वको समयसिमा गत भदौमा नै सकिएको थियो । आन्तरीक विवादका कारण दुई वर्षभित्र अधिवेशन गर्न नसकेपछि तीन महिना समय थप गरिएको थियो ।

आन्तरीक रुपमा गुट–उपगुटमा विभाजित काग्रेसलाई नेविसंघको लफडा मिलाउन निकै सकस परेको थियो । नेविसंघको प्राण वचाउन अघिल्लो दिन नै काग्रेस केन्द्रिय समितिले निर्णय गर्न खोजे पनि शीर्ष नेताहरुको असहमतिका कारण बैठक स्थगित भै आइतवार पुनः बसेको थियो । आइतवार दिउँसो बोलाइएको बैठक सहमतिको प्रयास गर्दा गर्दै राती अवेर मात्र बसेको थियो ।

विधानतः स्वतः भङ्ग हुने अवस्थामा पुगेपछि नेविसंघको वर्तमान कार्यसमितिले नै दुईमहिनाभित्र अघिवेशन गर्ने गरि विधान संशोधन गरिएको काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले बताउनुभयो । समाचार नेपाल समाचारपत्रमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan