Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ मंसिर । काठमाडौं र पर्साबाट अवैध लागूऔषध सहित ३ जानलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ बाणभञ्ज्याङबाट पैदलयात्री धादिङ थाक्रे गाउँपालिका-२ का ४० वर्षीय सुन्दर तामाङलाई करिब २.५ केजी  अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जाँच गर्नेक्रममा झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पर्सा बीरगंज महानगरपालिका-१६ ईनरुवा चोकबाट बारा जितपुर सिमरा उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय पप्पु साह सोनार समेत २ जनालाई लागूऔषध ब्राउन सुगर २ ग्राम र लागूऔषध गाँजा २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ना.२१ प ४२६३ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan