Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधान र पुनःनिर्माण तर्फ लागौं

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार
newsabhiyan
newsabhiyan

बैशाख १२ गते गएको महाभुकम्प पछिको पराकम्पनले मुलुकले मानवीय र भौतिक रुपमा ठूलो क्षति व्योहोरेको छ । संयम आम सर्वसाधरणहरु केहि दिन देखि आफ्नो धन्दामा जुर्मुराएका छन् । भुकम्प पिडितहरुलाई राज्यले खासै व्यवस्थापन गर्न सकेन ।

तैपनि जनताहरु समयमै संविधानको पर्खाईम्ँँ छन् । तर दलहरु भने सत्ताको लुछाचुडीमा रोमलिरहेका छन् । भौतिक संरचनाको पुनःनिर्माणमा मानव आहातमा परेकाहरुलाई सहयोग र संविधान स“गस“गै लानुपर्ने अहिलेको अवस्था हो । दलहरुल्ेँ अझै पनि प्रदेशको टुंगो लगाउन सकेका छैनन् ।

भौतिक संरचनाको स्पष्ट स्वरुप र सहयोग सार्वजनिक गर्न सरकारले गर्न सकेको छैैन्। मुलुक झन् अनिर्णयको वन्दीमा छ । समग्र राजनीतिक वातावरण, अन्यौल र अनिश्चयले पुष्टि गर्न खोजेपनि राजनीतिक सहमति हुनेमा आम जनता आशावादी छन् । वर्तमानले इतिहासस“ग उपहास गरेजस्तो लाग्दै गएको भानलाई पन्छाएर आम राजनीतिक दल राष्ट्रलाई निकास दिन जनतालाई शान्ति दिएर आर्थिक क्रान्ति गर्न हामी लाग्नुपर्ने अवस्था आएको छ ।

राजनीतिक अस्थिरताले गर्दा महिना झै बितिरहेर हामी पछाडि धकेलिईरहेका छौं । आसा आकांक्षा हामीस“गै छ तर सुनिश्चितता कहिले हुने हो पर्खि बस्नु बाहेक हामी स“ग बिकल्प छैन् । कालो बादल भित्रको चा“दीको घेरा हेरेर बस्न बाध्य छौं । देशमा संविधान ल्याएर देश र जनताको इच्छा, आकांक्षालाई पुरा गर्नु राजनीतिक दलको मुख्य दायित्व हो ।

सच्चा परिवर्तन, सार्थक लोकतन्त्र र जनादेशको वास्तबिक सम्मान तबमात्र सम्भव हुनेछ । जब देशमा राम्रो संविधान हाम्रो संविधान आउ“छ । भुकम्पमा क्षति भएका मानवीय या भौतिक संरचनाको उपयुक्त संरक्षण र संवद्धनमा लाग्नुपर्ने देखिन्छ ।

घाइते तथा ज्यान गुमाउनेको परिवारलाई ध्यानमा राखी उपयुक्त नीति बनाउनुपर्छ । भुकम्पपछिको राजनीतिले देशमा संविधान ल्याई शान्ति, विकास, स्थिरता, लोकतन्त्र र लोकतान्त्रिक संविधानको प्राप्तिलाई सार्थक तुल्याउनु पर्छ, आम जनभावना यही रहेको छ ।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan