Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार , राहत र पिंडा

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार
newsabhiyan
newsabhiyan

 गोरखा जिल्लामा १८ जनाको एक परिवारलाई राज्यले १० केजी चामल राहत बाड्यो । गोरखाकै केहि बिकट गाँउमा सिमित राहत सामाग्री हेलिकप्टरबाट फालियो । त्यो गाँउमा अहिले के हालत छ । राजधानीबाट नजिकै रहेको जिल्ला दोलखा ,सिन्धुपाल्चोक र काभ्रे लगायतका जिल्लाहरुको पनि त्यस्तै बिजोग छ ।

दोलखा गैरिमुदी गाविसका स्थानीयहरु भोक भोकै सुन्तलाको बोटमा रात दिन कटाउन बाध्यछन् । राज्यको राहतले छेउ नलागे पछि त्यँहाका स्थानियहरु राजधानी काठमाण्डौमा हारगुहार गरिरहेका छन् । काभ्रेको दुर्गम गाविस बनखुचौरका ६ सय घरपरिवारले १५ घन्टाको पैदल यात्रा पार गरेर घण्टौं लाइन लागेर एउटा त्रिपाल हात पारे। काभ्रेकै बासगाँउका ११० घर धुरीले २ माना चामल प्रतिघर बराबर राज्यको राहत पाए ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पले गाविसका सम्पूर्ण घर र अन्नबाली नष्ट भएपछि गास र वास पाउने आस पिंडा उल्लेख गरि साध्य छैन् । पाएको राहत समेत बस्ति क्षेत्रमा जादाँ जादैँ लुटिएला भन्ने चिन्ताले सताएको छ। भुकम्प अर्थात प्राकृतिक बिपत्ति २०७२ ले आम नेपालीमा त्राहिमाम बनाएको छ । मुलुक र मुलुक बाहिर रहेका नेपालीहरु यतीबेला भुकम्प अर्थात प्राकृतिक महाबिपत्ति २०७२ को सामना गर्दैछन् । भुकम्पले हजारौंको ज्यान लिइसकेको छ भने घाइतेको सङ्ख्या लाख कटेको छ ।

भएको भौतिक संरचनाको पुनःनिर्माण,पिडित जनता लाई राहत,घाईतेको उद्दारमा सरकारको सक्रियता कमी देखिएको महसुश आम नागरिकले गरेका छन् । कतिपय प्रभावित क्षेत्रमा खान नपाएर जनताहरु माटो समेत कोर्पन थालेका छन् । आधारभुत लगायतका समस्या हल गर्न देश भित्र तथा देश बाहिर बाट हजारौ जनशक्ति परिचालन गरि पनि कतिपय ठाउँमा अहिले सम्म राहत नपाएको अवस्था छ । राहत,उद्दार तथा प्रभाबकारी पुननिमार्णका लागि एवं घाईतेहरुको उद्दारका लागि स्वास्थ्यकर्मी प्राबिधिक साथै आबश्यक उपकरण सहितको टिम प्रभाबित जिल्लामा छन् त कतिपय जाने तयारीमा जुटेका छन ।

एक नेपालीको पिंडामा अर्को नेपालीले मलम पट्टि गरिदिने एउटा बिशाल भावना बोकेर सम्बन्धित क्षेत्रमा जे जस्ता र जुन पार्टी संगठनमा खटिए पनि त्यो सबै मानविय एवं नेपाली भावनाले ओतप्रोत छ । यति ठुलो एक नेपालीको पिंडामा अर्को नेपालीको पनि पिंडा ठानेर जुन उच्च भावनाका साथ खटिएको छ यो सबै नेपाली हुनुको पन हो ।

यहाँ काग्रेस, एमाले, माओवादी, मधेशी दल, राप्रपा, आमा समुह तथा अन्य जे भनिए पनि बिशुद्ध नेपाली भावनाले सहयोग हुन जरुरी छ । महाभुकम्प अर्थात प्राकृतिक महाबिपत्ति २०७२ को पिडामा मलम लगाउने जिम्मा सरकार सँगैहामी सबै नागरिकको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan