• FB
  • FB
  • FB
Thursday 23rd of February | २०७३ फाल्गुण १२ बिहिबार
ताजा समाचार :

करिश्मा पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ २६ बुधबार
newsabhiyan

पछिल्लो समय  निकै चर्चामा छिन्  मोडल करिश्मा  पौडेल । जन्मथलो बुटवल भइ हाल  काठमाडौंलाई  कर्मथलो बनाई रहनु भएकी  पौडेललाई एनभिएम ग्रुपको निम्तालाई स्विकारी साप्ताहिक कार्यक्रम साझा भिजनमा कुराकानीको क्रममा लिएको केहि तस्बिर मात्र न्यूज अभियान डट कममा ।

पछिल्लो समयमा म्युजिक भिडियोहरू गीत सङ्गीत निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँ जसो नयाँ मोडल र कलाकारहरू जन्मिरहेका छन् । मोडलिङ तथा गायनको  रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ, रहर सबैको हुन्छ मोडलिङ  रम्ने तर पनि मोडलिङमा जम्ने सीमित हुन्छन्, त्यसमा एक प्रतिनिधि पात्र बनेकी छिन्, करिश्मा पौडेल ।

जन्मथलो बुटवल भए पनि हाल उनी काठमाडौँमा बस्दै आएकी करिश्मा आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरूप मेहनत पनि गरी रहेकी छिन । गायन र अभिनयमा पोख्त करिश्मा  सुन्दर मुहार र आकर्षक शरीर को धनी पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनी भित्रको आकर्षण पनि हो  केही म्युजिक भिडियोमा अभिनय तथा लोक गीतमा स्वर दिसकेकी करिश्मा अब भने छिट्टै सर्ट फिल्ममा आफ्नो अभिनय प्रस्तुत गर्ने भएकी छन् करिश्मा अभिनय कला लाई अझै निखारता ल्याउदै मोडलिङ तथा गायनमा स्थापित हुन चाहन्छिन ।

यस क्षेत्रमा स्थापित हुन सक्नु हुन्छ? भन्ने हाम्रो प्रश्नमा उत्साहित हुँदै भनिन् ‘अभिनय राम्रो गर्नु पर्छ, मेहनत र निरन्तरता दिनु पर्छ, सिक्दैछु आशा छ भोलि मोडल तथा गायिका करिश्मा पौडेल भनेर चिनिने छु ।’ कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृश्य दिन नसक्ने करिश्मा को भनाई छ । समाजले पचाउनेसम्म मोडलिङ क्षेत्रमा खुल्ने उनको सोचाई छ । घरपरिवार तथा साथीभाईबाट साथ सहयोग मिलेको बताउने करिश्मा आफूमा भएको आत्मविश्वास नै सफलताको कडी रहेको बताउँछिन ।

आफूलाई सिंगल भन्न रूचाउने उनले भनिन्, ‘अहिलेसम्म म सिंगल नै छु । आफ्नो करिअर बनाएर मात्र विवाह गर्छु ।’ भेट्नेले प्रेम प्रस्ताव धेरै राख्ने गरेको बताउने उनले अहिले नै प्रेम चक्करमा नफस्ने बताउछिन । ‘पहिला आफ्नो क्षेत्रमा स्थापित हुने, परिवारका साथै आफ्नो कर्तव्य निर्वाह गरेपछि मात्र विवाहको  बारेमा सोच्छु’ उनले भनिन् । करिश्मालाई आफ्नो भावना बुझ्ने र अरूलाई सम्मान गर्ने व्यक्ति मन पर्छ ।

गीत सङ्गीतलाई तथा मोडलिङलाई मायागरेर अगाडी बढ्ने लक्ष्य र उद्देश्य रहेको करिश्मा पौडेललाई एनभिएम ग्रुप को तर्फबाट सफलताको शुभ कामना व्यक्त गर्दछौ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan