Thursday 22nd of June | २०७४ असार ८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हट मोडल / नायिका सपना लामिछाने - फोटो फिचर

डक्टर र पाइलट बन्ने सपना बुनेर मिडिया हुदै कलाकारिता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ९ बिहिबार
newsabhiyan

काठमाण्डौ, न्यूज अभियान । पछिल्लो समय  निकै चर्चामा छिन्  मोडल/नायिका सपना लामिछाने  । जन्मथलो चितवन भइ हाल  काठमाडौंलाई  कर्मथलो बनाई रहनु भएकी  सपना लाई एनभिएम ग्रुपको निम्तालाई स्विकारी साप्ताहिक कार्यक्रम साझा भिजनमा कुराकानीको क्रममा लिएको केहि तस्बिर मात्र न्यूज अभियान डट कममा । 

आफ्नो पढाई  सकेर  के गर्ने के सिक्ने भन्ने अन्योल सँगै काठमाडौंमा पाइला टेकेकी सपनाले  आफनो शुरुवातीका दिनमा  मिडियालाई  रोज्न पुगिन् । आफु सानो नै छदा डक्टर र पाइलट बन्ने सपना बुनेकी  एक नारि एका एक मिडिया लाइनमा प्रबेस गर्दै आर जे को ट्रेनिङ लिन थालिन ।

यसै क्रममा आफ्ना  पाईलालाई अगी बढाउदै गर्दा उनको मन एक्कासी रंगिन दुनियामा मोडियो । यानिकी मिडिया हुदै एक्कासी कलाकारिता क्षेत्रमा प्रवेश गर्ने मौका  पाईन् । 

 आफ्नो करिएरलाई फुट्पाथ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका हुन सपना लामिछाने ।  अनि रजतपटमा प्रवेश  गरे सँगै नेपाली चलचित्र , म्युजिक भिडियो सर्ट मुवि हुदै अहिले बिदेशमा हुने कार्यक्रममा समेत सहभागी हुदै अगाडी बढ्दैछीन्।

रङ्गीन दुनियामा रम्न रमाउँन  कसलाई मन लाग्दैन होला र यो संसारमा ? सोहि रङ्गीन दुनियामा रम्दै  पर्दा मार्फत पछिल्लो समय दुर्गेस थापा सँग 'मन पर्‍यो मन पर्यो' र 'आफै लाइ रेट्ने धार जिन्दगीको' प्रदिप वास्तोला सँग 'रोएको नि छैन म त' जस्ता चर्चित  भिडियो शंकर अधिकारी घायलको निर्देशनमा बजारमा आए संगै सपनाको चर्चा बजारमा चुलिएको छ ।

हाल नेपाली नारीहरुको आउदै गरेको  महान पर्ब तिज गितको भिडियोको तयारीमा लागि रहेकी  सपना  मिजासिली, फरासिलो व्यबहारले पक्कै नेपाली रजतपटमा नायिकाको खडेरी लाइ पुर्ती गर्नेछिन र आफुलाई स्थापित नायिकाका रुपमा चिनाउने छिन भन्ने कुरामा कुनै दुईमत छैन  ।  एनभिएम ग्रुपको तर्फबाट सफलता लागि हार्दिक  शुभकामना !  साझा भिजनमा उनै मोडल सपना सँग गरिएको अन्तर्वार्ता भिडियो यसै हप्ता प्रकाशन हुने जानकारी गर्दछौ र यसका लागि  न्यूज अभियान डट कम लगअन गरेर हेर्दै रहनु होला ।

भिडियो :- 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan