Saturday 22nd of July | २०७४ श्रावण ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घरेलु हिंसा नियन्त्रणमा गम्भिरता खै ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २२ शनिबार
newsabhiyan
newsabhiyan


काठमाण्डौ । विगतका केहि वर्षदेखि समाजमा घरेलु हिंसाले सीमा नाग्न थालेको छ । घरेलु हिंसा घरबाटै सूरु भएर समाजसम्मै फैलिएको छ ।

घरेलु हिंसा नियन्त्रण नभएकोमा सरोकारवालाहरु गम्भिर भएका छन् । खै श्रीमान श्रीमतीबीचको झै झगडा, दाजूभाईबीचको अंशबण्डा र झगडा, सम्पत्तिको विवादले उत्पन्न झगडा र महिलामाथिको हिंसा घरेलु हिंसाका केहि दृष्टान्त हुन् । पछिल्लो समय यीनै घटनालाई लिएर समाज नराम्ररी विकृत बन्दै गएको छ । यस्ता घटनाले समाजलाई अपराधीकरण गर्ने कार्यले यतिखेर सीमा नाघेको अवस्था छ ।

राज्यले घरेलु हिंसा नियन्त्रणका लागि भन्दै हरेक प्रहरी कार्यालयसँगै महिला सेल अर्थात घरेलु हिंसा हेर्ने छुट्टै सेल खडा गरेको छ । ती सेलमा गएर केहि समय मात्र त्यहाँ उपस्थित घरेलू हिंसाबाट पीडित विशेष गरी महिलाको पीडा सुन्दा जोकसैको आँखाबाट आँसु झर्छ, मन रुन्छ । घरेलु हिंसामा ९९ प्रतिशत महिला हिंसाका उजुरी नै आउने गरेको प्रहरी महिला अधिकृतहरु बताउँछन् । महिलाहरु विशेष गरी आप्mनै श्रीमानबाट बढी पीडित हुने गरेको पाइन्छ ।

जीवनभर सँगै जीउने र सँगै बाच्ने कसम खाएर जीवन बन्धनमा बाँधिने जोडी विवाहको केहि समयपछि विझोड हुने, छोटपत्र गर्ने जस्ता अवस्थामा पुग्छन् । भलै त्यो अवस्था नआउनेको हालत झनै खराब हुने गरेको छ । श्रीमानले यौन ईच्छा पूरा गर्र्न नपाएको झोकमा श्रीमतीसँग झगडा गर्ने, अन्य महिलासँग सम्बन्ध गास्ने, श्रीमतीलाई मानसिक तनाव दिने र फेला पारी आएमा अर्को श्रीमती नै विवाह गर्ने घटना समाजमा सामान्य बन्दै गएका छन् ।

प्रहरीको भनाईलाई आधार मान्ने हो भने पनि महिला सेलमा उजुरी गर्न आउने अधिकांंश महिलाहरु यस्तै समस्या लिएर आउने गरेको पाइएको छ । श्रीमानले सधै मादक पदार्थ र लागूऔषध सेवन गरेर अनावश्यक दुख दिने, जर्बजस्ती यौनसम्पर्क राख्ने र त्यस्तो गलत कार्य गर्न नपाए महिलालाई मारपिट गर्ने घटना बढी रहेको भन्दै हरेक महिला सेलमा पीडित महिलाका उजुरीका चाँग हुने गरेको पाइन्छ । 

तर प्रहरी महिला अधिकृत बाध्य हुने गरेका छन् ती पीडित महिलालाई न्यायभन्दा श्रीमानसँगै मिलापत्र गराएर घर फीर्ता गर्न । श्रीमानले प्रहरीको अगाडि केहि नलागेपछि केहि समय मिलापत्र गर्न राजी भएर केहि समय श्रीमानश्रीमतीबीचको झगडा मत्थर भएपनि परिणामत अपवादलाई छाडेर हेर्ने हो भने मिलापत्र भएका महिलाहरु झनै पीडित हुने गरेका छन् । उनीहरुले कानुनी लडाई लड्न पनि नसक्ने र प्रहरीले पनि मिलापत्र गराएर पठाउने गर्नाले उनीहरुको परिवार त रहन्छ  ।

तर जीवनभर ती महिला नरकीय जीवन जीउन बाध्य हुने गर्छन् । आप्mनै श्रीमानले श्रीमतीलाई विभत्सपूर्ण तरिकाले हत्या गरेको भक्तपुरको एक घटनालाई हेर्ने हो भने त झनै काहाली लाग्छ । । त्यसैले त्यस्तो घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्ने र राज्यले गाउँ गाउँ टोलटोलमा प्रहरी सेल गठन गरि महिला हिंसा नियन्त्रणमा कदम चाल्नुपर्ने खाँचो छ ।

हरेक वर्ष केहि अवधिभर महिला हिंसा अन्त्य गर्ने भन्दै केहि एनजीयो र आइएनजीयोले आप्mनो डलर कुम्लाउने उद्देश्य बोकि नाममात्रको अभियान चलाउने नगरेका पनि होइनन् । तर उनीहरुको लगानी बालुवामा पानी हाले सरह भइरहेको छ । केहि आफूलाई टाढाबाढा भन्ने महिलाको कमाई खाने र महिला हिंसा नियन्त्रणको नाममा कमाई धन्दा अभियान जस्तै भइरहेको छ ।

समाजमा बास्तावीक  पीडित महिलाको घटनालाई नभई पत्रपत्रिकाको आधारमा पछाडि दगुर्ने र नभएका घटनालाई पनि भएको भन्दै प्रहरीसँग मिलेर धन्दा गर्ने सिवाय केहि काम हुन सकेको छैन् । उनीहरुले भलै केहि देखावटी काम गरेका भएपनि त्यस्ता संघसंस्थाको भुमिकाले मात्र महिलाहिंसा नियन्त्रणमा आउँदैन् । राज्य आप्mै सशक्त ढंगले लाग्नुपर्ने आवश्यकता  छ ।

राज्यले महिलामाथिको हिंसा साँचो अर्थमा उन्मूलन गर्न नसकेपनि नियन्त्रण गर्न भने प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ नत्र नेपाली महिलाहरुमाथिको हिंंसा बढिरहेको अवस्थामा त्यस्तो अपराधीहरुलाई कानुनी कठहरामा ल्याउन कठिनाई हुने दबाबमा खबर छ । राज्यले निकै संवेदनशील र गम्भिर भएर यी घटनालाई मनन गर्नुपर्ने हुन्छ । हामी आशा गरौ,  राज्यको प्रभावकारी भुमिकाले केहि समयमै महिला हिंसा नियन्त्रणमा आउनेछ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan