Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजनीति स्वार्थ कि निःस्वार्थमा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २८ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं । विश्वव्यापी उदाहरण हेर्ने हो भने राजनीति निःस्वार्थ रुपमा समाजसेवाका लागि गरिन्छ । राजनीतिक दलहरूले जनताको आवश्यकता पूरा गर्न निःस्वार्थ हिसाबले राजनीति गरेका मुलुक अहिले विकसित छन् । तर, नेपालमा राजनीति गर्नेहरुको स्वार्थ भने फरक छ ।
 
यहाँ राजनेताहरू राजनीतिलाई कमाउने जागिर बनाइरहेका छन् । उनीहरु सरकारमा कमाउन जाने हो भन्ने सोचाइ राख्छन र मुलुकको अवस्था दयनीय बन्दै गइरहेको छ । 
 
व्यवहारिक रुपमा हेर्ने हो भने नेपालमा राजनीति गर्नेहरुको आर्थिक हैसियत दिनप्रतिदिन सुदृढ हुँदै गइरहेको छ । तर, गरिखाने र गरिवहरुको अवस्था भने त्यसको ठिक विपरित दिनप्रतिदिन खस्कदो छ ।
 
यसको खास कारण राजनीतिलाई पेशा बनाउने प्रबृत्ति नेताहरुमा मौलाउनु नै हो । त्यतिमात्रै होइन, नेताहरूले राजनीतिलाई व्यवसाय बनाउ“दा मुलुकमा अनियमितता र भ्रष्टाचार पनि मौलाउ“दो छ । 
 
नेताहरु खुलममखुल्ला भन्ने गर्छन जोगी सन्यासी बन्न राजनीति गरेको होइन, आफ्नो गृहस्थी त यसैबाट चलाउन प¥यो नि ।
 
उनीहरुको यस अभिव्यक्तिबाट पनि बुझिन्छ कि नेताहरु राजनीतिको नाममा मुलुकलाई अनेकौँ तर्फबाट लुटेर आफ्नो कमाउधन्दा चलाइरहेका छन् । आफु मालामाल बनिरहेका छन् । तर, मुलुकको अवस्था भने नाजुक भइरहेको छ । 
 
जनताले कुन नेता सत्तामा पुग्छ र को बाहिरिन्छ भन्नेको त्यति ख्याल राख्दैनन् । तर, कसको पालामा आफुले के पाइयो र मुलुकलाई समृद्धिको बाटोमा डोहो¥याउने के योजना सुरु भए भन्ने विषयमा पक्कै सोधीखोजी गर्छन । सरकार परिवर्तन राजनीतिमा चलिरहन्छ ।
 
अन्य मुलुकमा कुन सरकारको पालामा कति विकास भयो भन्ने प्रतिष्पर्धा चल्ने गर्छ । हाम्रोमा भने कसले सरकारमा रहदा कति कमायो र आफुले त्यति कसरी कमाउने भन्ने प्रतिष्पर्धा चल्छ । फरक यत्ति मात्र हो ।
 
राजनीति मुलुकको व्यापार गर्नका लागि अवस्य पनि गरिदैन  । नेता बनेर देशलाई चुस्ने सपना कसैले पनि देख्नु हुदैन । देखेमा त्यो आफैमा लाजमर्दो हो । राजनीति जनताको सेवा गर्नका लागि गरिनुपर्छ । मुलुकबाट अवैध रूपमा फाइदा लिन राजनीति गर्ने होइन ।
 
राजनीतिको नाममा फाइदा लिनेलाई आम जनता एकजुट भएर, खेद्न सुरु गर्ने बेला अब आएको छ । मुलुक निर्माण गर्छु भन्दै राजनीति गर्नेको नियत सफा हुनु पर्छ । आजको आवश्यकता त्यही हो । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan