• FB
  • FB
  • FB
Sunday 22nd of January | २०७३ माघ ९ आइतबार

घटना न्युनिकरणको उपाय खोज

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ ३ शुक्रबार
newsabhiyan

काठमाडौं । गत आर्थिक बर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने सवारी दुर्घटनामा औसतमा दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ । त्यो क्रम विगतका बर्षहरुमा भन्दा बढ्दो हो ।

तर, सरकारी निकायले सवारी साधन दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने गम्भिर अध्ययन र अनुसन्धान गर्न सकिरहेको छैन् । यसले दैनिक निहत्ता जनताले विना कारण ज्यान गुमाइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयमा रहेको तथ्याङ्क हेर्ने हो भने ०७२ को साउन एक गतेदेखि ०७३ असार मसान्तसम्म देशभर भएका १० हजार १३ दुर्घटनामा मर्नेको संख्या दुई हजार ६ छ ।

ती दुर्घटनामा चार हजार आठ सय ८२ जना गम्भीर घाइते बनेका छन् । त्यसको अघिल्लो बर्ष दुई हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।

यो औषत हेर्दा बढ्दो छ । दुर्घटना सामान्यता सवारीले सरकारले तय गरेको नियम पालना नगर्दा हुने गरेको देखिएको छ । तसर्थ पहिला दुर्घटना न्युनिकरण गर्नका लागि नियम प्रभावकारी रुपमा पालना गर्न गराउन तर्फ सरकारको ध्यान जान आवश्यक छ ।

त्यसका लागि पहिलो चरणमा चेतना र त्यसपछि नियम पालना नगर्नेलाई जरिमानाको व्यवस्था समेत गर्नुपर्छ राज्यले । किनकि जनताको ज्यानको सवाल सवारी साधनसंग जोडिएको छ ।

अब राज्यले दुर्घटना कस्तो स्थानमा बढि भएको छ ? कुन समयमा बढि भएको छ ? सवारी साधनमा पनि व्यक्तिगत, भाडाका र सार्वजनिक मध्य कुन सवारी साधन बढि दुर्घटना भएका छन् र, त्यसलाई न्युनिकरण गर्न के गर्नु पर्छ भन्ने कार्यगत योजना बनाउनु पर्छ । त्यो योजना यस्तो बनोस् दुर्घटनाको विगतको बढ्दै गएको इण्डिकेटर ओरालो लागोस् ।

सबैभन्दा बढि दुर्घटना पहाडी क्षेत्रमा क्षमता भन्दा बढी  यात्रु  राखेका कारण हुने गरेको पाइन्छ । त्यो संगै सडकको खरावी पनि प्रशस्त छ पहाडी रुटका सडकमा ।

पहिला सडक मर्मत गरेर मापदण्ड अनुरुपको बनाउन आवस्यक छ, त्यसपछि सवारीको क्षमता कति हो ? त्यो भन्दा बढि राखेको पाइएमा के गर्ने भन्ने एकिन गर्ने र कार्यान्वयन नगर्नेलाई कडा भन्दा कडा कारवाही के गर्ने भन्ने पनि निर्णय गरिनु पर्छ निर्णय मात्र गरेर समस्याको समाधान हुदैन, कार्यान्वयनका लागि पनि तदारुकताको उत्तिकै खाँचो छ, त्यसमा सरकारको ध्यान जाओस् ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan