Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ मा सहभागी हुन अफ्रिकन फिल्मकर्मीहरु काठमाडौंमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २३ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । करिब एक दर्जन अफ्रिकी फिल्मकर्मी तथा प्रोफेसरहरु काठमाडौमा आइपगुेका छन् । उनीहरु कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’को  आयोजनामा हुन गइरहेको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ मा सहभागी हुन यहाँ आएका हुन् ।

‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ राजधानीको कपलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सुरु हुँदैछ । आयोजक संस्था सिजिएमसीले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिवलमा सहभागी फिल्मबारे जानकारी गराएको छ । यसपटक नेपाललगायत ९ मुलुकका फिल्म फेस्टिवलमा स्क्रिनिङ गराइँदैछ ।

फेस्टिवलमा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीका प्रोफेसर क्रिस्टिना युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राँक मुटुङ्गी, तान्जिनियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायतका फिल्मकर्मी राजधानी आएका छन् । कार्यक्रममा बोल्दै तान्जिनियाका फिल्म निर्देशक मार्टिनले भने, ‘अधिकांश अफ्रिकी मुलुकहरु गृहयुद्धको चपेटाले गर्दा पछाडि परेकाछन् । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन ।’

उनले ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ले संस्कृति तथा देशको भूगोलबारे जान्ने अवसर प्रदान गर्ने बताए । त्यस्तै, प्रोफेसर ओस्लोले यस फेस्टिवलले अफ्रिका र नेपालको सांस्कृतिक सम्बन्धलाई दरिलो बनाउँने विश्वास व्यक्त गरेकी थिइन् ।

उनले भनिन्, ‘नेपालजस्तो सानो तर सुन्दर मुलुकमा यो फेस्टिवल हुनु भनेको खुसी कुरा हो ।’ महोत्वसकी निर्देशक डा. मञ्जु मिश्रले यसपटक विगतका वर्षझैं फिचर, फिक्शन र डकुमेन्ट्री फिल्म सहभागी रहेको बताइन् ।

मंगलबारबाट तीनदिनसम्म चल्ने महोत्सवमा नेपालको नीर शाहद्वारा निर्देशित फिल्म ‘मसान’ले सहभागिता जनाउँदैछ । उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने फेस्टिबलको पहिलोदिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म लुमुम्बा स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म मसान स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ ।

फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका बिभिन्न मुलुकका प्रतिष्ठित फिल्म निर्देशको उपस्थिति रहने डा. मिश्रले बताइन् । महोत्सवको दोश्रोदिन गिनिया बिसाउको ब्याटल अफ टोबाटो, बुर्किना फासोको तसुना, साउथ अफ्रिकाको फुल्स र डेनमार्कको मिनियाम्बा स्क्रिनिङ हुनेछ भने अन्तिम दिन इजिप्टको डोया एजिजा र अल्जेरियाको रचिडा स्क्रिनिङ हुनेछ ।

फेस्टिवलकी निर्देशक डा. मिश्रका अनुसार ती फिल्मले अफ्रिकाको भू–राजनीति, जनजीवन, संस्कृति तथा परम्परा बुझ्न मद्दत गर्नेछन् । आयोजकका अनुसार फेस्टिवलमा सकारात्मक सन्देश दिने फिल्ममात्र प्रदर्शन गरिनेछ, जसले आमदर्शकमा सकारात्मक सोचको विकास गराओस् ।

नेपाल–अफ्रिकाबीच सांस्कृतिक आदान–प्रदान तथा सामाजिक विकासमा सहयोग पु¥याउँने उद्देश्यले सन् २०११ देखि कलेजले नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना सुरु गरे निर्देशक डा. मिश्रले बताइन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan