Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेत्रीको नाममा यस्तो झमेला !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २४ शुक्रबार
newsabhiyan
newsabhiyan

एजेन्सी । मिला कुनिस स्टार फिल्म ‘ब्याड मोम्स’ रूसमा झमेलामा परेका छन् किनकि, यी अभिनेत्रीको नामले यहाँ अर्को अर्थ लाग्छ ।

एक हलिउड वेबसाइटका अनुसार सेन्ट पिटर्सबर्गको एड एजेन्सीले यस फिल्मको पोस्टर लगाउन मनाही गरेका छन् । कारण पोस्टरमा सेक्सबारे केही उजागर गरिएको छ ।

पोस्टरमा लेखिएको छ, ‘के तपाई कुनिस चाहनुहुन्छ ?’ भनिन्छ, पोस्टरमा लेखिएको ‘कुनिस’ शब्द उक्त एड एजेन्सीका लागि टाउको दुखाइ भएको छ ।

जबकि फिल्मको मुख्य भूमिकामा रहेकी अभिनेत्रीको नाममाथि नै आपत्ती आइलागेपछि यस फिल्म झमेलामा परेको हो । रूसी भाषामा ‘कुनिस’ को अर्थ ‘ओरल सेक्स’ हुन्छ ।

रूसमा इस फिल्मको वितरक वोल्गाले यस समाचारबारे अहिलेसम्म केही बताएका छैनन् । उनले प्रतिक्रिया दिन अस्वीकार गरेको समेत बताइन्छ ।

तर, यस फिल्मबारे यस्तो समाचार आएपछि कन्जरभेटिभ पार्टीको सेन्ट पिटर्सबर्गका विधायक विटाले एड एजेन्सीको कार्यलाई प्रशंसा गर्दै भनेका छन्, ‘शहरको इज्जत बचा बचाएको छ ।’

सेन्ट पिटर्सबर्ग रुसको एक सांस्कृतिक राजधानी मानिन्छ । रूसको एक प्रमुख टिभी च्यानलले पनि ‘ब्याड मोम्स’ को विज्ञापन केही दिन देखाएर बन्द गरेको छ ।

फिल्मको बोल्ड र सेक्स सम्बन्धी कन्टेटका कारण पछिल्लो दिन विज्ञापन बजाउन स्वीकार गरेको हो ।

यस कमेडी फिल्ममा अभिनेता क्रिस्टन बेल र कैथरीन हानले पनि अभिनय गरेका छन् । यो फिल्म रूसमा १ सेटेम्बरमा रिलिज भइसकेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan