• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

राजधानीको मुटु सामाखुसीमा सुविधासम्पन्न ब्यूटी होम

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २ आइतबार
newsabhiyan

काठमाडौं । ऐना नामक ब्यूटी होम राजधानीको सामाखुसीमा सञ्चालनमा आएको छ । लामो समय विभिन्न व्यवसायमा क्रियाशिल रहनु भएका युवा व्यवसायी शरण आले मगरका अनुसार नेपाल अधिराज्य भरि शाखा विस्तार गर्दै लैजाने र स्वरोजगार सृजना गर्दै जाने उद्धेश्य बोकी यस ब्यूटी होम सञ्चालन गरिएको जानकारी गराउनुभयो ।

आधुनिक प्रविधिबाट ब्यूटी सम्बन्धि श्रृंगार हुने उक्त ब्यूटी होममा महिला पुरुष दुवै वर्गलाई समेट्ने र अन्तर्राष्ट्रिय स्तरकै सेवा तथा गुणस्तर प्रदान गरिने दाबी छ । समयको परिवर्तन संगसंगै मानिसहरुमा बढ्दै गएको सौन्दर्य र श्रृंगार प्रतिको चेतना र आकर्षणलाई सम्वोधन गर्दै जाने र भरपर्दो सेवा प्रदान गरि मानिसहरुलाई आफ्नो शरिरको सौन्दर्यताको चिन्ताबाट मुक्त गराउने दाबी गर्नु भयो ।

लामो समय यस क्षेत्रमा अनुभव प्राप्त ब्यूटिसियनहरुबाट सेवा प्रदान गर्ने जानकारी पनि उहाँले प्रदान गर्नु भयो । ग्राहक वर्गको सेवा र सुविधाको लागि दशैं तिहार र छठको उपलक्ष्यमा हरेक प्रकारको सेवामा १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने प्रबन्ध निर्देशक आलेले जानकारी गराउनु भयो ।

विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको समुस्थितिमा सम्पन्न समुद्घाटनको क्रममा सबै व्यक्तित्वहरुले यस्तो व्यवसायले मानिसहरुको सौन्दर्यताको चाहनालाई परिपूर्ति मात्र नगरि देशमै स्वरोजगार र रोजगारको सृजना गर्दै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan