Thursday 27th of April | २०७४ बैशाख १४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँच नेपालीलाई अल समित म्यानपावरले कतारमा अलपत्र पा¥यो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज ६ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असोज । राजधानीमा रहेको अल समित म्यानपावरले कतारमा पाँच नेपालीलाई अलपत्र परेको खुलासा भएको छ । कतारमा ति नेपाली कामदारले तीन महिनादेखि काम र तलब नपाएको बताएपछि सो म्यानपावरले अलपत्र परेको खुलासा भएको हो ।

राजधानीको माछापोखरीस्थित अल समित म्यानपावर प्रालिबाट कतार पुगेका सर्लाहीका (०८०३०३७३) पासपोर्ट नम्बरका भएका योग्द बहादुर केसी, रौतहटका राम कैलाश महरा, राम सुन्दर महरा, सुर्खेतका पुरन प्रसाद सुवेदी र रोल्पाका गिरिस सुनुवार अलपत्र परेको पीडित योग्द बहादुर केसीले बताए ।

उनीहरु, ४ फागुन ०७२ मा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर कतार स्थित ‘अल नावफारा ट्राड’ मा स्काभेटर ड्राइभरको रूपमा काम गर्नको लागि गएका थिए । उनीहरू स्काभेटर ड्राइभरको रूपमा काम गर्न विदेशिएको भएता पनि ‘लेवर’ को रूपमा नेपालबाट म्यानपावरले फकाएर सम्झौता गर्न लगाइएको र कतार पुगेपछि ड्राइभरको नै काम दिने भनिएकोमा त्यस्तो नगरेको पीडितहरूले बताएका छन् ।

तीन महिनादेखि तलब नदिएपछि खाने समस्या भएपछि उनीहरूले अल समिट म्यानपावर कम्पनीलाई आफूहरू अलपत्र परेको र आफूहरूलाई उद्धार गरी नेपाल फर्काउनको निम्ति बारम्बार अनुरोध गर्दा समेत म्यानपावरले आफूहरूलाई उद्धारको निम्ति कुनै पहल नगरेको पीडित केसीले आरोप लगाएका छन् ।

शुन्य लागतको सरकारी नियमको उपहासस्वरूप जनही ७५ हजार देखि ९० हजार सम्म रकम म्यानपावरलाई तिरेर १० हजारको मात्र नगदी रसिद बोकेर ७ महिना अगाडी कतार गएका उनिहरूले आफूहरूको स्वास्थ्य परिक्षण नगरीएको र हालसम्म कम्पनीले परिचयपत्र समेत नदिएकाले प्रहरीले कतिबेला पक्राउ गर्ने हो भनेर त्रासमा बाँच्नुपरेको पीडितहरूले बताए ।

उता अल समिट म्यानपावर प्रालिका सञ्चालक झकप्रसाद शर्माले भने कामदारले गर्दै आएको पहिलेको ‘प्रोजक्ट’ सकिएको र नयाँ प्रोजेक्ट सञ्चालन गर्नको लागी सम्बन्धित व्यक्ति बिरामी परेकाले कामदारहरूले १५ दिन देखि काम गर्न नपाएको स्वीकारे पनि तलब नपाएर खान नपाएको भन्ने नभएको बताए ।

उनले सेवा सुविधा पनि १० हजार मात्रै लिएको भनेर आफ्नो बचाउ गरे तर, उनका एजेन्ट भरत नेपालीले भने त्यो भन्दा माथि नै रकम उठाएको स्वीकारे । शर्माले कामदारहरू समस्यामा परेको र नेपाल फर्कन चाहेको खण्डमा उनीहरूलाई नेपाल फर्काउन आफूहरू तयार रहेको पनि बताएका छन् ।

सोही सन्दर्भमा पीडितहरू नेपाल फर्कन नै चाहन्छन् र चाँडो उद्दारको प्रतिक्षामा छन् भन्ने प्रश्न गर्दा कुनै जीम्मेवारीपूर्ण जवाफ नै नदिइ सम्पर्कबाट भागे ।

त्यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले पीडित कामदारहरूको तर्फबाट विभागमा उजुरी दिइएको खण्डमा विभागले पीडितहरूको उद्धारको निम्ति प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

उनले आवश्यक परे दूतावासका श्रम सहचारीलाई निर्देशन दिएर उनीहरूको उद्धारको लागी पहल गरिने बताए । पुडासैनीले कामदारहरूले काम गर्न चाहेको र कम्पनीले काम गर्ने वातावरण दिएमा काम गर्ने वातावरण मिलाइदिने र उनीहरूले काम गर्ने वातावरण नभएको अवस्थामा भएमा पाउनु पर्ने तलब उपलब्ध गराई नेपाल झिकाइने बताए ।

यहि म्यानपावरले साउदीमा पनि ८० भन्दा बढी नेपाली कामदारलाई समस्यामा पारेको साउदीबाट पीडित कामदारले सम्पर्क गरेका छन् । यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रभावमा समाचार छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan